एनआईबिएलको ३ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 08:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश, एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन् आउने ३५ करोड बराबरको र एनआईबिएल सहभागिता फण्डले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यो सबै योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । जस मध्ये सहभागिता फण्ड खुला मुखी योजना हो । यसको लाभांश पुन: लगानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved