११ वाणिज्य बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकमा, कुनले कति बाँड्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 09:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले कमर्शियल बैंकहरुमै पहिलोपटक लाभांश घोषणा गरेसँगै गत आर्थिक बर्षको लाभांश घोषणाको सिजन सुरु भएको छ। असोज १३ गते बुधबारसम्म माछापुच्छ्रे सहित चार बाणिज्य बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छन्। 

गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा माछापुछ्रे, सिटिजन्स इन्टरनेश्नल, सानिमा र कुमारी बैंक रहेका छन्। यी माछापुछ्रेले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत, सिटिजन्सले १२.९१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३।०८ प्रतिशत नगद सहित १६ प्रतिशत, सानिमाले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद सहित १७।८९ प्रतिशत, कुमारी बैंकले ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २।६७ प्रतिशत नगद सहित ८।६७ प्रतिशत लाभांश घोषणा गरेका छन्। 

-विकास बैंकहरुले दिन सक्ने लाभांशबारे जान्नको लागि यहाँ क्लिक गर्नुहोस: https://bizpati.com/development-bank/52063 

-फाइनान्सहरुले दिन सक्ने लाभांशबारे जान्नको लागि यहाँ क्लिक गर्नुहोस: https://bizpati.com/punjibazar/52117

त्यस्तै एनआईसी एसिया, बैंक अफ काठमान्डू, नबिल, हिमालयन, नेपाल बंगलादेश, नेपाल बैक, सिद्दार्थ बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका ११ बाणिज्य बैंकले लाभांश घोषणा गर्नका लागि पुर्व स्वीकृतिका लागि राष्ट्र बैंकमा विवरण पठाएका छन्। सम्भवत: यी मध्येका केहि बैंकले आज भोलि गत आर्थिक बर्षको लाभांश बारे सर्वसाधरणलाई जानकारी दिनेछन्।

बिजपाटीलाई प्राप्ति जानकारीअनुसार एनआईसी एसियाले १६ प्रतिशत नबढ्ने गरि, बैंक अफ काठमान्डूले १४ प्रतिशत नकाट्ने गरि, हिमालयन बैंकले २० प्रतिशत ननाघ्ने गरि, नबिल बैंकले ३० प्रतिशत नकाट्ने गरि, नेपाल बंगलादेश बैंकले १३ प्रतिशत ननाघ्ने गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि विवरण पठाएका छन्।   

गत आर्थिक बर्षको कमाईबाट दिन सक्ने लाभांशको एउटा दर राखेर बैंकहरुले पुर्व स्वीकृतिका लागि राष्ट्र बैंक विवरण पठाउने गर्दछन्। राष्ट्र बैकले सैदान्तिक सहमति दिएपश्चात यी बैंकको संचालक समितिले बैठक डाकेर गत आर्थिक बर्षको लाभांशबारे निर्णय लिन्छन्। यसरी निर्णय लिईसके पश्चात उक्त जानकारी नेपाल स्टक नेप्से मार्फत सर्वसाधारणलाई जानकारी दिइने गरिन्छ।

कुन बैंकले कति लाभांश देलान् ?

बिजपाटी डटकमले बैंकहरुको बार्षिक प्रतिवेदन तथा अन्य सूचनाहरुको विश्लेषण गरेर कमर्शियल बैंक, विकास बैक र फाइनान्स कम्पनीहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ। चार बाणिज्य बैंक र एउटा विकास बैंकले घोषणा गरेको लाभांशको दर बिजपाटी डटकमले प्रक्षेपण गरेको दरसँग धेरै मिल्दोजुल्दो देखिएका छन्। 

नोट: यो सुचिमा सनराइज बैंकले दिन सक्ने लाभांश १७।६० प्रतिशत र दिने लाभांश १६ प्रतिशत बोनस र ०।८ प्रतिशत नगद सहित १६।०८ प्रतिशत उल्लेख छ। तर सनराइज बैंकले रिटेन अर्निंङबाट नाफा घटाएकाले यसको लाभांश क्षमता ६ प्रतिशत देखिएकाले ६ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ।


अहिलेसम्म लाभांश घोषणा गरेका संस्थाहरु:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved