छुटुनुहोला ! मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 09:05:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै सँस्थाले आगामी बार्षिक साधारण प्रयोजनार्थ मङ्सिर १४ गतेको लागि बुक क्लोज तय गरेकाले आज अर्थात मङ्सिर १३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन। 

मेगा बैंकले यहि मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमान्डौमा आफ्नो एघारौँ बार्षिक साधारणसभा डाकेको छ। मेगा बैंकको संचालक समितिले गत आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई १० प्रतिशत बोनस र २।०७ कर प्रयोजन सहित नगद लाभांश गरि कुल १२।०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

यस अवधिमा मेगा बैंकको चुक्ता पुंजी १४ अर्ब ६५ करोड रहेको छ। १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १६ अर्ब नाघ्नेछ।  बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो। 

त्यस्तै ग्लोबल आइएमइ लघुवित्त वित्तीय सँस्थाले यहि मङ्सिर २८ गते आफ्नो ९ औं बार्षिक साधारणसभा डाकेको छ। पोखराको ग्रांडीमा हुने   साधारणसभामा लघुवित्तको संचालक समितिले गत आर्थिक बर्षबाट २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस हुनेछ। 

ग्लोबल आइएमई लघुवित्तको चुक्तापुंजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्तापुंजी ४५ करोड नाघ्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved