एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 10:13:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश स्वीकृत गरेको छ । पुस २५ गते बीमा समितिले कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved