सुरु भयो लाभांश घोषणाको क्रम, लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्ड बने पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 10:24:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  लाभांश घोषण गर्ने क्रम सुरु भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि सुरुमा म्युचुअल फण्डको लाभांश घोषणा भएको हो लक्ष्मी क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् 

  क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved