सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डहरुको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 06:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजना को आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई ९% र १०% (कर सहित) का दरले हुन आउने रकम क्रमश तेह्र करोड पचास लाख रुपैंया तथा बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

साथै, सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय क्यापिटलले गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved