गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 11:15:34 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको हो ।

साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँबाट ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेर लाभांश वितरण गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved