
सानिमा इक्विटी फन्डको २२% नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार (असोज ६ गते) अन्तिम दिन हो । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ ।
तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२% नगद लाभांश घोषणा गरेको हो । यसआधारमा फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।