सिटिजन्स बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 06:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको ४०३ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट ९ प्रतिशत नगद लाभांशले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ७० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved