
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ। निफ्राले आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो।
निफ्राको असोज ६ गते बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र निफ्राको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ।