शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 10:17:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ । बैंकले १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर , कर प्रयोजनको लागि ०.३० प्रतिशतले हुन औअने २ करोड ६४ लाख ६७ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved