हिमालयन डिस्टीलरीको लाभांश घोषणा, पुस २७ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 04:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत  बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले पुस २७ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved