आरएसडिसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 10:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।   हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।

कम्पनीले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved