चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 10:23:48 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा  गरेको हो । 

कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६ सय ७५ रुपैयाँ २३ पैसा छ । यस अनुसार कम्पनीले ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ ६४ पुस बराबरको नगद लाभांश र यति नै बराबरको बोनस सेयर वितरण गर्नेछ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुस २२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved