समता घरेलु लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 10:03:51 AM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र  ३ प्रतिशत नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी ३४  करोड २७ लाख रहेको छ । 

साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांश नछुट्याईएको कम्पनीले जनाएको छ ।  २०७८ बैशाख २ गते पछि शेयर खरीद गर्ने लगानीकर्ताले बोनसमा लाग्ने कर आफै तिर्नु पर्ने कम्पनीले जनाएको छ  । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved