एभरेष्ट बैंक सहित तीन संस्थाले लाभांश घोषणा गरेका छन्। आज शुक्रबार एभरेष्ट बैंक, मान्डू हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलले लाभांश घोषणा गरेका हुन्।
एभरेष्ट बैंको भदौ २१ गते बसेको ३७२ औं सन्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ दशमलब ५३ प्रतिशत नगद सहित २५। ५३ प्रतिशत लाभांश घोषणा गरेको हो।
त्यस्तै मान्डू हाइड्रोपावरको भदौ २० गते बसेको २१३ औं संचालक समितिले १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख नगद लाभांश प्रस्ताब गरेको हो। यता मुक्तिनाथ क्यापिटलले साढे ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
यी तिनवटै संस्थाको लाभांश संस्थाहरुको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनिहरुमा लाभांश वितरण हुनेछ।