अपि पावर कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 10:51:24 AM मा प्रकाशित

nepal oil ltd

अपि पावर कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो ।  

कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१औं वार्षिक साधारण सभा पनि बोलाएको छ । कम्पनीले कात्तिक १ गते, होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे देखि शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved