
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट साढे पाँच प्रतिशत लाभांश घोषणा गरेको छ। असोज २१ गते बसेको ४४६औ संचालक समितिको बैठकले साढे ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको बैंकले नेपाल स्टक एक्सचेन्ज मार्फत जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी १८औं बार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीमा वितरण हुनेछ। बैंकले साधारणसभा प्रयोजनका लागि पछि बुक क्लोजका लागि अलग्गै नोटिस जारि गर्नेछ।
यसअवधिमा बैकको चुक्तापुंजी ३६ अर्ब १२ करोड रहेको छ भने पछिल्लो समय शेयरको दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको शेयर प्रति कित्ता २५३ रुपैयाँमा कारोबार भएको थियो।