
हिमालयन ८०-२० (एच८०२०) ले गत आर्थिक वर्षसम्मको कमाईबाट ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। असोज २१ गते बसेको हिमालयन क्यापिटलको ६८औं संचालक समितिको बैठकले ६ करोड रुपैयाँ बराबरको नाद लाभांश प्रस्ताव गरेको हो।
हिमालयन ८०-२० (एच८०२०) दश वर्षीय बन्द मुखी म्युचुअल फण्ड हो। हिमालयन क्यापिटलले संचालन गरेको यो फण्ड हिमालयन बैंकको हो।
पछिल्लो असार मसान्तसम्म हिमालयन ८०-२० (एच८०२०) को नेट एसेट्स भ्यालु (न्याभ) ११ रुपैयाँ ९ पैसा थियो।