आशा लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। आशाले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई १४ दशमलब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि शुन्य दशमलब ७५ प्रतिशत गरि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।
आशाले ९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस सेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको कर प्रयोजनको लागि नगद लाभांश दिने भएको हो। यस अवधिमा आशाको चुक्तापूँजी ६४ करोड १६ लाख रहेको छ।