सानिमा बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई कर प्रयोजनसहित ५ दशमलब २६३२ प्रतिशत नगद लाभांश दिने भएको हो।
सानिमा बैंकले ७१ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। यसअवधिमा बैंकको चुक्तापुंजी १३ अर्ब ५८ करोड २२ लाख रहेको छ।
बैंकको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।