सोल्टीको लाभांश र साधारणसभा एकै पटक घोषणा, कहिलेसम्म कायमले पाउछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 11:53:53 AM मा प्रकाशित

laxmi sunrise bank

सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कातीक १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनिहरुलाई करिब ३७ प्रतिशत लाभांश प्रस्ताव गरेको सोल्टी होटलले जनाएको छ। 

प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २६ दशमलब ८४२१०५२६ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश होटलको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको समयसम्म कायम शेयरधनीले पाउनेछन। यस अवधिमा सोल्टी होटलको चुक्तापूँजी ९२ करोड ८९ लाख रहेको छ। 

त्यस्तै सोल्टी होटलले बार्षिक साधारणसभाको मिति समेत तय गरेको छ। सोल्टी होटलले यहि पौष ४ गतेको लागि आफ्नो ५०औं बार्षिक साधारणसभा डाकेको छ। 

यसका लागि सोल्टीले मङ्सिर १३ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। मङ्सिर १२ गतेसम्म कायम शेयरधनीहरुले सोल्टीको साधारणसभामा भाग लिन तथा सोल्टीले स्वीकृत गर्ने लाभांश प्राप्त गर्नेछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved