विन्ध्यवासिनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश र बार्षिकसाधारणसभाको मिति एकै पटक घोषणा गरेको छ। हाइड्रोले गत आर्थिक वर्ष सम्मको कमाईबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
त्यस्तै हाइड्रोले यहि मङ्सिर ६ गतेको लागि आफ्नो ८ औं बार्षिक साधारणसभा डाकेको छ। साधारणसभाको लागि कात्तिक २८ गतेको लागि बुक क्लोज मिति तय भएकाले कात्तिक २७ गतेसम्म कायम शेयरधनिहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।