फर्स्ट माइक्रोफाइनान्स लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। फर्स्ट माइक्रोको कात्तिक १४ गते बिहान बसेको २२७ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ९ दशमलब ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको
प्रस्तावित लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दशमलब ४७ प्रतिशत नगद लाभांश रहेको छ। यस अवधिमा फर्स्ट माइक्रोको चुक्तापूंजी १ अर्ब २३ करोड रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनिहरुमा वितरण हुनेछ। साधारणसभा प्रयोजनार्थ लघुवित्तले पछि अलग्गै सूचना मार्फत बुक क्लोज मिति घोषणा गर्नेछ।