सिद्दार्थ बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर २१ गते बसेको ४३९ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशअनुसार कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन्।
हाल बैंकको चुक्तापुंजी १४ अर्ब ८ करोड ९९ लाख रहेको छ।