
नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कूल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ।