सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत ८ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।