म्युचुअल फण्डका व्यवस्थापकलाई धितोपत्र बोर्डको कारबाही: 'जो होचो उसकै मुखमा घोचो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 06:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ४ वटा म्युचुअल फण्डका योजना व्यवस्थापकलाई नियम पालना नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ | कारबाहीमा पर्नेमा सिटिजन्स म्युचुअल फण्ड-१, लक्ष्मी इक्विटी फण्ड, एनआईसि एसिया ग्रोथ फण्ड र एनएमवि हाइब्रिड फण्ड-१ का योजना व्यवस्थापकहरु क्रमशः सिवीआइएल, लक्ष्मी, एनआईसि एसिया र एनएमवि क्यापिटल रहेका छन् | 

उल्लेखित फण्डका योजना व्यवस्थापकले ‘लगानी क्षेत्र अनुसारको सिमा भन्दा अधिक’ हुने गरि लगानी गरेको पाइएकोले कारवाही गरिएको धितोपत्र बोर्डको भनाई छ| बोर्डकाअनुसार एनआईसि एसियालाई २५ हजार र अरुलाई ३५ हजार जरिवाना गरिएको छ|

कारवाहीमा परेका फण्डको स्थिति 

कारवाहीमा परेका कोषको पछिल्लो मंगसिर मसान्तसम्म कायम रहेको वित्तीय विवरणमा यस्तो देखिन्छ | 

 

फण्ड

लगानी (रकम रु. करोड र प्रतिशत)

मौज्दात (रु. करोडमा र प्रतिशत)

आकार

खुद सम्पत्ति

फरक (प्रतिशत)

शेयर

ऋणपत्र

स्थिर उपकरण

CMF1

४८(५८)

(.६५)

(.७५)

२३(२८)

८२,००,००,०००

८३,६५,७८,८९०

LEF

७०(५६)

()

२६(२०)

,२५,००,००,०००

,०३,३५,३९,७४७

(१७)

NICGF

४५(५४)

.३५(१०)

२८.५५(३४)

८३,५२,००,०००

८४,३२,१२,०६३

.९५

NMBHF1

२४(२४)

.(.)

५४(५४)

१६(१६)

,००,००,००,०००

,०३,७५,८८,७९९

.७५


टिप्पणी : १. स्थिर उपकरण भन्नाले वित्तीय विवरणमा मुद्दती खाता अन्तर्गत उल्लेखितलाई लिइएको हो | 

टिप्पणी : २. लगानी (शेयर, ऋणपत्र र स्थिर उपकरण) र मौज्दात रकम कोषको आकारको आधारमा गणना गरिएको छ | 

(CMF1 - सिटिजन्स म्युचुअल फण्ड-१, LEF - लक्ष्मी इक्विटी फण्ड, NICGF - एनआईसि एसिया ग्रोथ फण्ड र NMBHF1 - एनएमवि हाइब्रिड फण्ड-१) 

कारवाही भोग्ने लक्ष्मीको स्थिति 

लगानी क्षेत्र अनुसारको सिमा भन्दा अधिक हुने गरि लगानी गरेको अभियोगमा ३५ हजार नगद जरीवाना सहित कारवाहीमा परेको लक्ष्मी इक्विटी फण्ड २०७४ आषाढ आधाआधीदेखि संचालित छ | यसले गत मंगसिरसम्ममा शेयरमा गरेको लगानीको मूल्यांकन ७० करोड रहेको छ | फण्डको आकार अनुसार यो रकम ५८ प्रतिशत हुन आउँछ | फण्डले जम्मा कति रकम शेयरमा लगानी गरेको थियो भनेर मासिक प्रतिवेदनमा उल्लेख गरेको छैन | तर आय-व्यय विवरणमा २६ करोड रकम प्राप्त हुन बाँकी देखाइएको आधारमा यसले शेयरमा ९६ करोड हाराहारीमा लगानी गरेको आधारमा फन्डले कोषको आकार अनुसार ७८ प्रतिशत लगानी गरेको अनुमान गर्न सकिन्छ | लक्ष्मीले ऋणपत्र जस्ता जोखिमरहित वित्तीय उपकरणमा शून्य लगानी गरेको छ भने स्थिर आय उपकरण (मुद्दती) मा ६ करोड मात्र लगानी गरेको छ | नियमत १२ करोडसम्म लगानी गर्न सक्ने हुँदाहुँदै पनि गरेको देखिन्न | बैंक मौज्दातमा २० प्रतिशत अर्थात २६ करोड रकम देख्न सकिन्छ | तर वोर्डले भने जस्तो यो फण्डले लगानी सिमा भन्दा बढी लगानी गरेको देखिन्न | मुद्दतिमा लगानी गर्न सकिने हद भन्दा कम रकम लगानी गरेको हुँदा बैंक मौज्दातमा रहको २६ करोड मध्येलाई मुद्दतीमा नगरिएको बाँकि ६ करोड घटाउने हो भने उसको बैंक मौज्दात घटेर २० करोडमा झर्छ, जुन फण्डको आकार अनुसार १६ प्रतिशत हुन आउँछ | १ अर्ब २५ करोड आकार भएको यस्तो फण्डको लागि २० करोड तरल रकम कायम राख्नुलाइ अस्वाभाविक मान्न सकिन्न | 

कारवाही भोग्ने एनएमविको स्थिति 

त्यस्तै कारवाहीको सुचिमा परेको अर्को फण्ड व्यवस्थापक एनएमवि क्यापिटलले व्यवस्थापन गरेको एनएमवि हाइब्रिड फण्ड-१ २०७३ कार्तिकदेखि संचालनमा आएको हो यसलाई पनि धितोपत्र वोर्डले ३५ हजार नगद जरीवाना सहित कारवाही गरेको छ | यसले गत मंगसिरसम्ममा शेयरमा गरेको लगानीको मूल्यांकन २४ करोड मात्र रहेको छ | फण्डको आकार अनुसार यो रकम २४ प्रतिशत हुन आउँछ | यसले ऋणपत्र जस्ता जोखिमरहित वित्तीय उपकरणमा ८.५ करोड लगानी गरेको छ | जुन करिब करिब सिमा भित्र नै पर्न आउँछ | बैंक मौज्दातमा ५४ करोड रकम देख्न सकिन्छ | फण्डको आकार १ अर्व रकम रहेको छ | यस फण्डले भने स्थिर आय उपकरण नाम दिएर बैंक मुद्दतीमा रकम राखेको अनुमान गर्न सकिन्छ | अर्को १६ करोड रकम बैंक मौज्दात भनेर छुट्टै शिर्षकमा राखेको छ | वोर्डले भनेको जस्तो सिमा भन्दा बढी लगानी यस फण्डले गरेको प्रष्ट देख्न सकिन्छ | संचालनको २ वर्ष अवधिसम्म पनि कोषको आकारको २४ प्रतिशत मात्र शेयरमा लगानी हुनु वा गर्नु स्वत नियम विपरित कार्य हो | 

कारवाही भोग्ने सीबीआईएल र एनआईसि 

त्यस्तै कारवाहीको सुचिमा परेका सीबीआईएल र एनआईसिले व्यवस्थापन गरेका फण्ड संचालनमा आएको १ वर्ष अवधि पनि पुरा भएको छैन | १ वर्ष अवधि पुरा नभए पनि यी दुबैले व्यवस्थापकले फण्डको आकारको झन्डै आधा रकम शेयरमा लगानी गरिसकेका छन् | जुन एनएमवि हाइब्रिड फण्ड १ को भन्दा बढी हो | 

जो होचो उसकै मुखमा घोचो 

वोर्डले गरेको कारवाही हेर्दा यो केवल देखाउनको लागि मात्र गरेको जस्तो देखिन्छ | कारवाहीमा परेका ४ वटा मध्ये समयावधिको हिसाबले एनएमवि हाइब्रिड फण्ड १ लाइ कारवाही गर्नु सान्दर्भिक देखिन्छ तर पछिल्ला २ वटा योजना संचालन गर्ने योजना व्यवस्थापक सीबीआईएल र एनआईसि क्यापिटललाई लगानी सिमा भन्दा बढी लगानी गरेको भन्नु ‘जो होचो उसैको मुखमा घोचो’ उखानलाई चरितार्थ गरेको प्रष्ट देख्न सकिन्छ | त्यस्तै लक्ष्मी क्यापिटलले गरेको योजना व्यवस्थापनमा पनि लगानी सिमा उल्लंघन गरेको त्यस्तो कुनै आधार देखिन्न | 

तरलताको सिमा 

म्युचुअल फण्डले श्रोत रकम (कोषको आकार वा खुद सम्पत्ति) को कति प्रतिशत रकम तरलरुपमा राख्नुपर्ने हो त्यस विषयमा कुनै नीतिगत व्यवस्था गरेको देखिन्न | संचालनको एक वर्ष पनि अवधि नपुगेको सीबीआईएल र एनआईसिलाई एक वर्ष नपुग्दै कोषको आकारको आधा रकम शेयरमा लगानी गरिसकेको अवस्थामा कारवाहीको डण्डा हान्नुलाई ‘जो होचो उसको मुखमा घोचो’ र ‘हिंड्ने गोरुको पुच्छर निमोठेको’ भनेर बुझ्ने कि नबुझ्ने ? प्रश्न वोर्डतिरै तेर्सिन्छ | 

कराईबाट भुंग्रोमा

वोर्डले नियम विपरित कार्य गर्ने योजना व्यवस्थापक मात्र हैन सूचिकृत कम्पनीका संचालक, उच्च व्यवस्थापकलाई समेत कारवाहीको दायरामा ल्याउन सकेमा शेयरबजारमा शुद्धता आउनसक्छ | कारवाही गर्ने प्रक्रिया शुरु गर्नु एउटा सकारात्मक शुरुवात हो तर कारवाही गर्दा विवेकशीलता भने अपनाउनु पर्छ | सबै रकम शेयरमा मात्र लगानी गरेर लगानीकर्ताको सम्पत्तिलाई ३० प्रतिशतसम्म घटाउने योजना व्यवस्थापक कहिले कारवाहीको दायरामा आउने हुन् ? अर्को टड्कारो प्रश्न वोर्डतिरै तेर्सिन्छ | वोर्डले योजना व्यवस्थापकसँग जरिवाना लिने निर्णय गर्यो तर त्यो जरिवाना रकम योजना व्यवस्थापक कम्पनी वा त्यस्ता कम्पनीका प्रमुख वा कोष सुपरिवेक्षकबाट व्यक्तिगतरुपमा नलिने हो भने इकाईधनीकै कोषबाट जरिवाना तिरिने हुँदा इकाईधनी नै ‘कराईबाट भुंग्रो’ मा भने झैँ हुन्छ | 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved