डुइङ बिजनेस रिपोर्टः फुरङ्ग पर्ने अवस्था छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2019 | 12:57:03 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले सन् २००२ देखि डुईङ बिजनेस प्रोजेक्ट अन्तर्गत विश्वका विभिन्न अर्थतन्त्रमा व्यावसायिक नियमन सम्बन्धी अध्ययनको थालनी गरेको हो । सन् २००३ मा प्रकाशित पहिलो रिपोर्टमा ५ वटा सूचकका आधारमा १३३ वटा अर्थतन्त्रको अध्ययन गरिएको थियो ।

सन् २००३ देखि यो रिपोर्ट हरेक वर्ष प्रकाशन हुँदै आएको छ । यस वर्षको रिपोर्ट अक्टोबर महिनाको अन्तिम हप्ता प्रकाशित भयो । जसमा नेपालको अवस्थामा केही सुधार भएको देखिन्छ । यसवर्ष अध्ययन गरिएका १९० वटा अर्थतन्त्रमध्ये विश्वव्यापी वरियतामा नेपाल ९४ औं स्थानमा रहेको छ । यसैलाई आधार मानेर केही सरोकारवालाहरु हौसिएको अवस्था छ । यसवर्षको रिपोर्टमा नेपालको अवस्थामा सुधार आएको देखिए तापनि दङ्ग पर्नुपर्ने अवस्था भने बनिसकेको छैन ।

नेपालको अवस्थामा कति सुधार भयो? नेपालमा व्यावसायिक वातावरण कति सहज छ? भन्ने प्रश्नको उत्तर खोज्न धेरै टाढा जानु पर्दैन । अघिल्लो वर्ष सोही रिपोर्टमा प्रकाशित तथ्याङ्‍कमा कति सुधार भयो भनेर हेर्न सकिन्छ । त्यसबाहेक छिमेकी राष्ट्रहरु र सार्क राष्ट्रको अवस्थासँग तुलना गर्न सकिन्छ ।

अघिल्लो वर्ष नेपाल डुईङ बिजनेस रिपोर्टको विश्व वरियतामा ११० औं स्थानमा रहेको थियो । यसवर्ष ९४औं स्थानमा आइपुग्नु समग्रमा राम्रो हो । यति हुँदाहुँदै पनि १० वटा सूचकाङ्‍कमध्ये आधामा नेपालको अवस्था नाजुक छ । ती सूचकमा सन् २०१९ को रिपोर्टमा भन्दा पछाडि परेको देखिन्छ । (टेबलमा हेर्नुहोस्)

यसवर्षको रिपोर्टमा व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औं वरियतामा धकेलिएको छ । जुन अघिल्लो वर्षको भन्दा २८ स्थान पछाडि हो । त्यसैगरी कर तिर्ने सूचकमा नेपालको स्थान अघिल्लो वर्षको तुलनामा १७ स्थान पछाडि धकेलिएको छ । विद्युत् आपूर्तिमा २ स्थानले सुधार भएको देखिन्छ । जुन उल्लेख्य सुधार मान्न सकिन्न । सीमापार व्यापार, ऋण प्राप्ति र सम्पत्तिको रजिष्ट्रेसन लगायतका सूचकमा पहिलेको तुलनामा सुधार भएको पाइन्छ ।



त्यसैगरी छिमेकी राष्ट्रहरुको तुलनामा नेपालको स्थान चीनभन्दा ६३ र भारतभन्दा ३१ स्थान पछाडि छ । सार्क राष्ट्रहरुमा नेपालको वरियता भारत र भुटानभन्दा कम छ । रिपोर्टमा भुटान विश्व वरियतामा ८९औं स्थानमा छ । सार्क राष्ट्रमध्ये अफगानिस्तान सबैभन्दा पछाडि परेको छ । रिपोर्टअनुसार नेपालको अर्थतन्त्रमा समग्रमा सुधार देखिए तापनि व्यवसाय सुरु गर्ने वातावरण जनाउने सूचक पहिलेभन्दा खराब अवस्थामा रहेको छ । यसतर्फ ध्यान दिनु जरुरी छ । त्यसैगरी अघिल्लो वर्षभन्दा पनि खस्किएका सूचकका विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ । रिपोर्टको नतिजा हेरेर उत्साहित हुनुपर्ने अवस्था छैन । बरु समग्र अर्थतन्त्र र व्यावसायिक वातावरणमा सुधार ल्याउनको लागि अझै कसरत गर्नुपर्ने अवस्था छ । 

Country

Rank (DB 2020)

China

31

India

63

Bhutan

89

Sri Lanka

99

Pakistan

108

Maldives

147

Bangladesh

168

Afghanistan

173

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved