प्रधानमन्त्रीलाई जनताको प्रश्न: बिना मगर र गिरिराजमणि सफल, गोकर्ण बिष्ट कसरी असफल ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2019 | 11:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालनको २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन गरेका छन। मन्त्रिपरिषद पुनर्गठन हुँदा दुई मन्त्रीको मन्त्रालय हेरफेर, ८ बर्खास्त र ९ जना नियुक्त भएका छन।

नेकपा सचिवालयले मन्त्रीको टुंगो लगाउने जिम्मा दिएपछि प्रधानमन्त्री ओली आफैले नयाँ मन्त्रीको अन्तिम नाम टुंगो लगाएका हुन्। तर प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यसम्पादन मुल्यांकन नगरी मन्त्रिपरिषद पुनर्गठन गरेको नेपाली जनताहरुको भनाई छ। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बर्खास्तमा परेका, यथावत रहेका र नयाँ आएका मन्त्रीहरुको नाममा आम नागरिकले असन्तुष्टि व्यक्त गरेका छन। 

सामाजिक संजालमा अधिकांशले अडान लिएर काम गरेका गोकर्ण बिष्टलाई मन्त्री पदबाट हटाएकोमा असन्तुष्टि व्यक्त गरेका छन। कोमामा पुगेको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएर श्रम तथा रोजगारको क्षेत्रमा उल्लेख्यनिय काम गरेको व्यक्तिलाई नै मन्त्री पदबाट हटाइनु गलत भएको विचारहरु सामाजिक संजालमा व्यक्त भएका छन। 

खानेपानी मन्त्री बीना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केहि राम्रो काम गर्न नसकेपनि उनीहरुलाई निरन्तरता दिईएको तर स्वदेश तथा बैदेशिक रोजगार तथा श्रम बजारको क्षेत्रमा आशालाग्दो काम गरेका गोकर्ण बिष्टलाई बर्खास्त गरेकोमा सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना गरिएको छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकैले वीना मगरले निरन्तरतामा पाएको र गोकर्ण बिष्टलाई थाप्ने कोहि नहुँदा बर्खास्तमा परेको समेत टिप्पणी गरिएको छ। त्यस्तै केहीले सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा र सेयरबजारप्रति नकारात्मक धारणा व्यक्त गर्दै आएका अर्थमन्त्री डा. युबराज खतिवडाको निरन्तरताको अर्थ खाजेका छन्।      

मन्त्रालय हेरफेर 

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाललाई स्वास्थ्य मन्त्रालय दिएका छन। यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।     

त्यस्तै प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ। कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । 

नयाँ मन्त्री

प्रधानमन्त्री ओलीले नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी,पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भुसाललाई कृषिमन्त्री, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ। त्यस्तै रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री, भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन। 

राज्यमन्त्रीमा तीन जनाको इन्ट्री

यस्तै माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको जिम्मेवारी यथावत छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved