निजी क्षेत्रप्रति अनुदारको ट्याग लागेका अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय निजी क्षेसँग कै भेटघाटलाई तिव्रता दिएका छन् । उनले निजी क्षेसँग मात्रै नभएर सोमबार राष्ट्र बैंक र बैकर्स संघका प्रतिनीधिसँग पछिल्लो वित्तीय क्षेत्रको घटनाक्रमको विषयमा छलफल गरे ।
निजी क्षेत्रलाई भेट्नको लागि कहिल्यै पनि सकारात्मक नभएको र कुरा नसुन्ने गरेको आरोप खेप्ने गरेका अर्थमन्त्रीले पछिल्लो समय निरन्तर रुपमा निजी क्षेत्र कै प्रतिनीधिहरुसँग संवाद गरेको देखिन्छ । केहि दिन अगाडी मात्रै उनी प्रदेश दुईमा निजी क्षेत्रले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागि भएर राजधानी फर्किएका थिए । त्यस्तै नेपाल अटोमोबाईल डिलर्स एसोसिएसनका नवनिवार्चित पदाधिकारीसँग पनि उनले छलफल गरे ।
यस्तै उनले लगानीमैत्री वातावरण तयार गर्नको लागि सरकारले के गर्नुपर्छ त्यसको लागि छलफलमा आउन निजि क्षेत्रलाई आग्रह नै गर्ने गरेका छन् । यसले पनि अर्थमन्त्रीको निजी क्षेत्रप्रतिको ब्यवहारमा परिवर्तन भएको देखिन्छ । कतिपयले अर्थमन्त्रीको पछिल्लो ब्यवहारलाई विदा हुने बेलामा लिएको ढिलो अग्रसरता भन्दै टिप्पणी गर्ने गरेका छन भने कतिपयले लगानीको वातावरण बनाउने अर्थमन्त्रीको प्रयासको रुपमा अर्थ्याएका छन् ।
हरेकजसो फोरममा अर्थमन्त्री खतिवडाले सबैलाई स्वीकार्य हुनु मात्रै नाफा कमाउनुपर्ने भन्दै ब्याजदर र सेवा शुल्कलाई ब्यवस्थीत गर्नुपर्ने बताउने गरेका थिए । उनले बैकहरु नाफा केन्द्रित भएको भन्दै सार्वजनिक टिप्पणी समेत गर्ने गरेका थिए । तर मंगलबार आयोजित एक कार्यक्रममा भने उनी विगतको भन्दा फरक रुपमा प्रस्तुत भए । उनले बैंकहरुले अहिले कमाएको नाफा अधिक नभएको जिकिर गरे । अहिले १२ अर्ब भन्दा कम पुँजी भएको बैंक भेट्न मुश्किल भएको बताउदै पुँजी सँगै नाफा बढ्नु स्वभाविक भएको तर चुनौति भने थपिएको उनको भनाई छ । १५ अर्ब पुँजी भएको बैंकलाई १५ प्रतिशत प्रतिफल दिन पनि २ अर्ब नाफा चाहिने भन्दै उनले ब्यवसायिलाई बैंकले गरेको लगानी हेरेर मात्र टिप्पणी गर्न आग्रह गरे ।
कसरी कन्भिन्स भए अर्थमन्त्री ?
सोमबार बैंकर्स र राष्ट्र बैंकको प्रतिनिधिसँग छलफलमा नाफा हेर्दै गर्दा पुँजी पनि बढेर कति पुगेको छ भनेर ख्याल गर्नु पर्ने भन्दै अर्थमन्त्रीसँग बैंकरले दुखेसो पोखेको छलफलमा सहभागी एक अधिकारीको भनाई छ । उक्त छलफलमा बैंकहरुको नाफा पुँजी वृद्धिको अनुपातमा बढ्न नसकेको भन्दै पुँजीको १५ प्रतिशत नाफा कमाउँदा कसरी अस्वीकार्य हुन सक्छ भन्ने प्रश्न उठेको थियो । अर्थमन्त्रीले नै बैंकको मुनाफामा टिप्पणी गर्दा बैकिङ क्षेत्र मै नकारात्मक संदेश जाने भएकोले बैंकर्सहरुले कमीकमजोरी सुधार्ने प्रतिद्धता ब्यक्त गरेसंगै उनी बैंहरुप्रति सकारात्मक बनेको हुन सक्ने बताइन्छ ।
सोमबारको छलफमा उनले बैंकर्सलाई निजी क्षेत्रको विश्वास बढाउने गरी काम निर्देशन समेत दिएका थिए । त्यसको लागि सरकारले के गुर्नपर्छ अध्ययन गरेर सुझाव समेत पेश गर्न उनले संघलाई जिम्मा दिएको छलफलमा सहभागि अधिकारीको भनाई छ । छलफलमा बैंकर्सको भने कुनै स्पस्ट धारण नआएको छलफलमा सहभागि भएका एक अधिकारीले बताए ।
उनले भने ‘बैंकर्सको स्पस्ट कुरा केही पनि आएन, ब्याजदरको स्प्रेड रेटको कुरा बैंकर्सहरुले गरेको थिए त्यसमा अर्थमन्त्रीले बजार स्थीर भएको भन्दै यसलाई चलाउने नसकिने जवाफ दिनुभयो ।’ बैंकहरुलाई अहिलेको अवस्थामा १२÷१५ प्रतिशत रिटर्न दिन सक्ने भन्दै त्यो भन्दा बढी रिर्टन नखोज्न अर्थमन्त्रीले सुझाव दिएको ति अधिकारीको भनाई छ । स्प्रेड रेट र राष्ट्र बैंकको पछिल्लो नीतिले बैंकहरुको आम्दानीमा प्रभाव पर्दा ब्यवसाय विस्तारको अनुपातमा नाफा नबढे पनि नाफा नघट्ने भन्दै राष्ट्र बैंकको अधिकारीको भनाई आएपछि अर्थमन्त्रीले स्प्रेड रेटलाई चलाउन नसकिने जवाफ दिएका हुन ।
त्यस्तै बैंकरहरुले पछिल्लो नियामकिय ब्यवस्था, गो एएमएल, कर चुक्ता प्रमाणपत्र लगायतका कुरालाई केही सहजीकरण गर्न माग गरेको गरेको बुझिएको छ । छलफलमा अर्थमन्त्रीले कर्जाको माग साच्चै घटेको हो भी प्रश्न गर्दा बैंकर्सले पछिल्ला केही ब्यवस्थाले समस्या आएको बताएका थिए । बैंकर्सहरुले विशेष गरेर कर्जा लगानीमा कर चुक्ता प्रमाणपत्रको विषयमा सानो कर्जालाई अनिवार्य नगरेर सिमा तोक्नुपर्ने बताएका थिए । यस विषयमा छलफल गरेर चाँडै नै निष्कर्षमा पुग्ने आश्वसन बैंकलाई दिएको सहभागिहरुको भनाई छ । यस्तै बैंकहरुले कर्जामा लिने सेवाशुल्कमा एकरुपता ल्याउनको लागि अध्ययन गरेर मापदण्ड बनाउन समेत अर्थमन्त्रीले निर्देशन दिएका थिए ।
गत साता मात्रै अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरंजीनी नेपालसँग आइएमफको टालीले छलफल गर्दै नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गर्दै त्यसको केही आधारहरु समेत प्रस्तुत गरेको थियो । आइएमफको टालीले अर्थमन्त्री खतिवडालाई नेपालले लगानीको लागि कानुनी वातावरण तयार गरेपनी ब्यवसायिक वातावरण बनाउन नसकेको बताएका थिए । अर्थमन्त्रीले अर्थतन्त्रमा सुस्ताता आएको स्वीकार नगरे पनि मंगलबार आयेजित एक कार्यक्रममा नेपाल निरन्तर उच्च आर्थिक वृद्धिको गतिमा हिडिरहेको कुराको पुष्टी आइएफएफ, विश्व बैंक लगायत नेपाललाई नजीकबाट नियालीरहेको संघसंस्थाको प्रतिवेदनले पुष्टी गरेको दाबी गरेका थिए ।
उनले अर्थतन्त्र एउटै गतिमा नहिड्ने तर तल-माथि भईरहने भन्दै आतिनुपर्ने अवस्था नरहेको बताएका थिए । सोमबार बैंकर्स संघ र राष्ट्र बैंकका पधादिकारीसँगको छलफलमा पनि अर्थमन्त्री खतिवडाले के कारणले कर्जामा सुस्ताता आयो र ब्यवसायीलाई लगानीमा कसरीआकर्षित गर्न सकिन्छ भनी अध्ययन गरेर सुझाव पेश गर्न समेत आग्रह गरेका छन् । त्यस्तै उनले ब्यवसायीलाई पनि उत्पादन क्षेत्रमा कसरी लगानीको वातावरण बनाउन सकिन्छ र निर्यात प्रवद्धन कसरी गर्न सकिन्छ भनी अध्ययन गरेर सुझाव पेश गर्न समेत आग्रह गरेका छन् ।
उनले केहि समययता अर्थतन्त्रमा सुस्तता आएको र अब निजि क्षेत्रलाई विश्वासमा लिनको लागि पहल नगर्ने हो भने सरकार र निजी क्षेत्रको खाडल बढ्दै जाने कुरा बुझेको अर्थतन्त्रका जानकारहरु बताउँछन् । उनको पछिल्लो सार्वजनिक अभिव्यक्त, टिप्पणी, छलफल र भेटघाटले पनि यी कुराको पुष्टि गरेको जानकारहरुको बुझाई छ।