'मौद्रिक नीतिले राहत दिएको छ अब कार्यान्वयनको लागि छुट्टै संयन्त्र बनाउनु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2020 | 08:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक बर्षको मौद्रिक नीतिलाई व्यवसायीहरुले सकारात्मक प्रतिकृया दिएका छन्। सबै माग सम्बोधन नभएपनि कोभिड १९ का कारण प्रभावित व्यवसायलाई राहत दिनेगरि मौद्रिक नीति आएको नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन्। 

बैंकहरुले आफ्नो नाफाबाट १ करोडसम्म कर्जा लिएका साना साना व्यवसायीहरुको ब्याज मिनाहा गर्नुपर्ने तथा थोरै थोरै सुन धितो राखेर अहिले व्यवसाय चलाउन कर्जा दिनुपर्ने लगायतका केहि प्रस्ताव सम्बोधन नभएपनि अन्य धेरै मागहरु सम्बोधन भएको श्रेष्ठको भनाई छ। 

मौद्रिक नीतिमा भएको व्यवस्थाले बैंकहरुसँग अब ब्याज एकल अंकमा ल्याउनुको विकल्प नभएको बताउदै अध्यक्ष श्रेष्ठले समग्रमा मौद्रिक नीति सकारात्मक भएको  प्रतिकृया दिएका छन्। 

कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु साना एवं मझौला उद्योगमा कर्जा लगानी प्रोत्साहित गर्ने किसिमले मौद्रिक नीति आएको भन्दै अध्यक्ष श्रेष्ठले यसको कार्यन्वयन समयमै गर्न अलग्गै टास्क फोर्स बनाउनुपर्ने सुझाब दिएका छन्।  

उनले भने, मौद्रिक नीतिमा आएका कुराहरु समयमै कार्यन्वयन गर्नुपर्ने खाँचो छ, त्यसका लागि राष्ट्र बैंकले अलग्गै टिम बनाएर काम गर्नुपर्छ। यस्तो भएमा कोभीड(१९  बाट प्रभावित नेपालको अर्थतन्त्र छिट्टै आफ्नो ट्रयाकमा फर्कनलाई मद्दत पुग्छ।  श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको आसन्न ५४ औं साधारणसभामा हुने निर्वाचनको लागि जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved