‘४५ लाख नेपालीले नेपालको राजनीतिलाई सही मार्गमा ल्याउन सक्छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 10:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले आगामी बैशाखमा हुने भनिएको निवार्चनमा वैदेशिक राजेगार व्यवसायिहरुले महत्वपूर्ण भूमिका निभाउन सक्ने तथ्य सार्वजनिक गरेका छन्।  

उनले एक तथ्य सहितको तथ्यांक सार्वजनिक गर्दै नेपालको राजनीतिलाई सहि मार्गमा स्थापित गर्दै देश विकास र उन्नतिको निम्ति म्यानपावर व्यवसायीहरुले उल्लेख्यनिय भूमिका निभाउन सक्ने बताएका हुन्। 

बिदेशी भूमिमा कार्यरत नेपालीहरुसँग प्रत्यक्ष रुपमा ४५ लाख नेपाली जोडिएको तथ्य सार्वजनिक गर्दै पुर्व अध्यक्ष गुरुङले यसको उचित सदुपयोग गर्न सकिने राय व्यक्त गरेका छन्। 

निवर्तमान अध्यक्ष गुरुङ  लेख्छन्, 

बार्षिक करीब ५ लाख बेरोजगार नेपाली युवाहरुलाई हामी व्यवसायिहरुले बैदेशिक रोजगारी दिलाउदै आइरहेका छौ। बैदेशिक रोजगारीमा गएका कामदारहरुको परिवारको ठेगाना र टेलीफोन नम्बर सबै व्यावसायि (म्यानपावर) कम्पनीमा रेकर्ड राख्ने चलन रहेको छ।

सम्पुर्ण व्यावसायि मित्रहरूले पछिल्लो तीन आर्थिक बर्ष आ-आफ्नो सस्थाबाट वैदेशिक रोजगारमा पठाएका नेपाली  कामदारहरुको परिवारको सम्पर्क नम्बर सहितको नामावली जिल्ला र प्रदेश अनुसार तयार गर्न आग्रह गर्दछु।

हामी व्यवसायिहरुले बैदेशिक रोजगारीमा पठाएका एक कामदारको कम्तीमा ५  सदस्यीय (बाबा, आमा,छोराछोरी, दाइ वा भाइ , दिदी वा बहिनी ,भाउजु वा बुहारी ,भेना वा ज्वाइ , बाजेबज्यै)   परिवार रहेको देखिन्छ र औसतमा ३ सदस्य मतदान गर्न योग्य रहने अनुमान गर्न सक्दछौ।

५ लाख कामदारहरुको ३ सदस्यीय मतदान गर्न योग्य परिवारहरुको कुल सख्या जोडदा १५ लाख हुन आउँदछ । तीन आर्थिक बर्ष ५ लाखको दरले  बैदेशिक रोजगारमा पठाएको संख्या जोडदा कुल १५ लाख कामदार वैदेशिक रोजगारमा गएको र  ३ सदस्यीय मतदान गर्न योग्य परिवारको कुल मतदान योग्य संख्या ४५ लाख हुन आउँदछ।

बिदेशी भुमिमा कार्यरत नेपाली कामदारहरुको नेपालमा रहेका ४५ लाख  परिवारसग हामी नजिकबाट जोडिएका छौ्  र वहाँहरुसग व्यावसायिहरुले सम्पर्क गरि सहि पाटि र नेतालाइ भोट दिन आग्रह गर्न सके देशको राजनीतिलाई सहि मार्गमा ल्याउन सकिनेछ  ।जसले गर्दा देशमा राजनीतिक स्थिरता रहनुका साथै बैदेशिक रोजगार व्यावसायि (निजि क्षेत्र) कामदार र तिनका परिवारहरुको हितमा नीतिनिर्माण गर्न टेवा पुग्ने देखिन्छ ।

त्यसैले सम्पूर्ण बैदेशिक  व्यावसायि साथीहरू यस बिसयमा तदारुकताका साथ तयारीको लागि हार्दिक अपिल गर्दछु।।।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved