‘आमाको मुख हेर्ने दिन’को बाहानामा निषेधाज्ञा बिर्साउने भिड

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

May 11, 2021 | 09:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने दिनका रुपमा मनाईने यो पर्व यसवर्ष कोरोनाका कारण केही खल्लो हुँदैछ । गत वर्ष पनि लकडाउनको मध्यमा परेको आमाको मुख हेर्ने दिन यसवर्ष पनि निषेधाज्ञाकै बीचमा पर्दा भौतिक रुपमै जन्मदिने आमालाई भेटेर खुशी साट्ने चाहना सायदैको पूरा भयो । 

आमालाई मीठा मीठा खानेकुरा दिई तथा आमाको सम्मान गरी आजको दिन मनाइन्छ । कोरोनाको लहरसँगै देशका अधिकांश जिल्लामा निषेधाज्ञा कायम छ । 

तर, आमाको मुख हेर्ने पर्व आज भएकोले काठमाडौँ उपत्यकामा हिजो अस्तिका दिनभन्दा आज बजारमा उपभोक्ताहरुको अलि बढी नै भिड देखिएको छ । मासु पसल, फलफुल पसल र मिठाई पसलमा ग्राहकको भिड देख्दा निषेधाज्ञा हो होइन छुट्याउनै मुस्किल पर्ने अवस्था छ । 

सरकारले निषेधाज्ञाको हालको अवधिमा बिहानको ७ बजेदेखि ९ बजेसम्म सीमित बजारहरु खोल्न दिएको छ । खासै उपभोक्ता नआउँदा पसल समयमा नै खोल्ने र बन्द हुन्थे । तर, आज भने बजारमा उपभोक्ताहरुको भिडले गर्दा न त सामाजिक दुरी नै कायम गरेको देखिन्छ, न त मान्छेहरुमा कोरोना डर नै पाइन्छ । मनलाग्दी रुपमा पसलहरुमा भिड देखिएको छ । यसले ‘कोरोनाको चेन ब्रेक’ गर्न जारी भएको निषेधाज्ञाको लक्ष्य पूरा हुनेमा शंका पैदा गरेको छ ।

सरकारले बिहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न दिने निर्णय गर्दा यो २ घण्टाको बीचमा चाहिँ कोरोना नसर्ने हो ? भन्ने प्रश्न उठ्न थालिसकेको छ । निषेधाज्ञा भनिएपनि खुकुलो लकडाउनको झल्को दिने हालको अवस्थाले सरकार आलोचित हुँदै गएको छ । प्रमुख जिल्ला अधिकारीहरुले हरेक बैठकमा निषेधाज्ञा कडाई गर्ने बताउने गरेका छन् । तर, त्यो कडाई सडकमा देख्न पाइएको छैन ।

यद्यपि, काठमाडौँ जिल्लामा थप १५ दिन निषेधाज्ञा लम्बिएको छ । उपत्यका भरी नै निषेधाज्ञा लम्ब्याउने विषयमा आज उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदैछ । 

बजारमा भिडभाडः






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved