'बजेट राम्रो छ तर कार्यन्वयन चुनौतिपूर्ण छ' - बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 09:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट राम्रो भएपनि लागू गर्नलाई चुनौतिपूर्ण भएको बताएका छन्। 

बजेटको ल्याउनुअघि अर्थमन्त्री र अर्थमन्त्रालयका अधिकारिहरुले सरोकारवालाहरुसँग गहन सम्बाद तथा छलफल गरेकाले बजेट कार्यन्वयन हुन्छ भन्ने आफ्नो बिश्वास रहेको बताउदै दाहालले बजेट कार्यन्यवनको सुभेच्छा रहेको बताए। 

उनि भन्छन्, "बजेट राम्रो छ तर लागू गर्नलाई चुनौतिपूर्ण छ, अर्कोबर्ष आर्थिक वृद्धि साढे ६ प्रतिशतको प्रक्षेपण गरिएको छ तर त्यसका लागि सबै भन्दा महत्त्वपूर्ण कुरा निर्धक्क रुपमा काम गर्ने बातावरण सृजना हुनुपर्छ, त्यो भनेको सबैलाई कोभिड बिरुद्दको खोप हो।"

काठमान्डू उपत्यकामा तीन सय र सबै प्रदेशमा एक सय सैयाको अस्पताल बनाउने तथा अरु पूर्वाधार निर्माण गर्ने कुराहरु पनि निर्धक्क रुपमा काम गर्ने माहोल भयो भने मात्र सम्भव भएकाले समयमै सबैलाई कोरोना बिरुद्दको खोप अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाई छ। 

कोभिड १९ को तेस्रो लहर सुरु हुनु भन्दा पहिल्यै सबैले कोरोना बिरुद्दको खोप पाउने काम चुनौतीपूर्ण रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालको भनाई छ। 

त्यस्तै सरकारले बजेटमा गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा पाइने व्यवस्था पनि चुनौतिपूर्ण रहेको अध्यक्ष दाहालको भनाई छ। यो व्यवस्था पहिल्यैदेखि भए पनि यसको सिमा मात्र ७ लाखबाट २५ लाख पुगेको बताउदै यसको प्रभावकारितामा अझैं पनि प्रश्न रहेको उनले तथ्य पेश गरे। 

उनकाअनुसार पछिल्लो ९ महिनामा सहुलियत कर्जा लिने महिला उद्यमीको सङ्ख्या ६ हजार ६ सय बाट बढेर ४५ हजार पुग्दा शैक्षिक कर्जा लिनेको सङ्ख्या ६५ बाट १३९ जना मात्रै रहेकाले यसको प्रभावकारिता कम रहेको छ। यद्दपी राम्रो परियोजना भएकाहरुको लागि भने शैक्षिक कर्जा ७ लाखबाट बढेर २५ लाख पुग्नु राम्रो भएको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved