अर्थले भन्यो, 'धितोपत्र बोर्डले आफ्नो अधिकार प्रयोग गरेको हो, हामी केहि भन्दैनौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 08:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीबारे सार्वजनिक गरेको बिज्ञप्तीबारे अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने संदेश दिएको छ। सेयरबजारको मुख्य नियामकले आफ्नो अधिकार प्रयोग गरेर बिज्ञप्ती निकालेकाले यसमा आफुहरुले केहिपनि नगर्ने अर्थमन्त्रालयले जनाएको छ।

धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको बिज्ञप्तीबारे आफुहरु पूर्णरुपमा जानकार रहेको तर यसमा अर्थमन्त्रालयले केहि पनि नबोल्ने मन्त्रालयका प्रवक्ता महेश आचार्यले बिजपाटीलाई बताए। 

धितोपत्र बोर्डले नियामकीय अधिकार प्रयोग गरेर बिज्ञप्ती निकालेको हो भन्ने हाम्रो बुझाई छ, नियामकले आफ्नो कार्यक्षेत्र र अधिकारभित्र रहेर काम गर्ने भएकाले यसमा अर्थमन्त्रालयले केहि बोल्दैन र बोल्न आवश्यक पनि छैन ' उनले भने।

धितोपत्र बोर्ड नियामक भएको र आफु अर्थमन्त्रलाय अन्तर्गतका नियामकलाई नीतिले निर्देशित गर्ने बताउदै प्रवक्ता आचार्यले नियामकको काममा हस्तक्षेप नगर्ने स्पष्ट संकेत दिएका छन्।

विश्व अभ्यास विपरित कम्पनीको नामनै तोकेर फलानो कम्पनी लगानीको लागि जोखिमपूर्ण छ भनेर बिज्ञप्ती निकालेर सर्वसाधारण लगानीकर्ता तर्साउने काम कसरी अधिकारको प्रयोग भयो भन्ने प्रश्नमा प्रवक्ता आचार्यले नियामकहरुले कानुनले दिएको अधिकार प्रयोग गरेर नै बिज्ञप्ती निकालेको जवाफ दिए।

'धितोपत्र बोर्ड स्वायत्त निकाय हो, उसले कानुनले दिएको अधिकार प्रयोग गरेर आफ्नो काम गरेको छ भन्ने हाम्रो बिश्वास हो' उनले भने।  

सेयरको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमध्ये ५१ वटा कम्पनी बिभिन्न आधारले जोखिमयुक्त भएको र यसमा लगानी जोखिमपूर्ण भएको भन्दै धितोपत्र बोर्डले हिजो एक बिज्ञप्ती सार्वजनिक गरेको थियो। 

कम्पनीको नामनै तोकेर लगानीको लागि जोखिमपूर्ण भनिएको बिषयलाई लिएर समग्र सेयरबजार र सरोकारवालाहरु दुई धारमा बाडिएका छन्। अधिकांशले धितोपत्र बोर्डको प्रयास सहि भएको तर शैली नमिलेको प्रतिकृया दिएका छन्।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved