ब्रोकर र ठुला लगानीकर्ता भन्छन्, 'धितोपत्र बोर्डले संसारमै नभएको नियामकीय अभ्यास गर्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 08:45:20 PM मा प्रकाशित

nepal oil ltd

लगानीका लागि जोखिमयुक्त भएका कम्पनीको नामनै किटान गरि जारि भएको धितोपत्र बोर्डको बिज्ञप्तीलाई लिएर मिश्रित प्रतिकृया आउँन थालेका छन्। धेरैले सेयरको दोस्रो बजारको जोखिम न्यूनीकरणमा बोर्डको प्रयास सकारात्मक भएपनि शैली गलत भएको प्रतिकृया दिएका छन्। 

आफ्नो नाम नलेखिदिन बिजपाटीलाई आग्रह गर्दै एक ठुला लगानीकर्ता भन्छन्, 'बोले धितोपत्र बोर्ड हाम्रो नियामक हो, उसको कामबारे मन नपरेका कुरा बोल्दा हामीमाथि कारबाही हुन्छ, अहिले नबोले बोर्डको गतिबिधि अति भईसक्यो।'

उनि भन्छन्, "सेयर बजारमा सुचिकृत कम्पनीहरुको मुल्य माग र आपूर्तिले निर्धारण गर्छ, लगानी गर्नेले पनि जोखिम मुल्यांकन गरेर नै सेयरको दोस्रो बजारमा लगानी गर्छन। त्यसैले फलानो फलानो कम्पनी लगानीका लागि जोखिमयुक्त हुन्छ भनेर नाम नै किटान गरि धितोपत्र बोर्डले बिज्ञप्ती निकाल्नु अहिलेसम्मकै गलत अभ्यास हो।"

बेलुन झैं फुकेका कम्पनीमा लगानी गर्दा सर्वसाधारणमा जोखिम बढ्छ भनेर सचेत गराउनु तथा बिभिन्न आधार तय गरि त्यसको आधारमा गरिएको अध्ययन सार्वजनिक गरिनु राम्रो भएपनि कम्पनीको नाम नै तोक्नु गलत भएको टि संस्थागत लगानीकर्ताको भनाई छ। 

'अहिलेको यस्तो अवस्थामा लगानिकर्तालाई सचेत गराउनु र कस्ता कम्पनीमा लगानी जोखिमपूर्ण हुन्छ भनेर जानकारी दिनु राम्रो हो, तर कम्पनीनै तोकेर लगानीकोलागि जोखिमपूर्ण छ भन्नु ठुलो गल्ति हो' उनले भने। 

त्यस्तै एक ब्रोकरले पनि आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने, 'धितोपत्र बोर्डले संसारमै कहीं नभएको नियामकीय अभ्यास गर्यो, यसको आलोचना जति गरेपनि कम हुन्छ।'

सुचिकृत कम्पनीहरुमा शंकास्पद कारोबार भएको छ भने शंकास्पद कारोबार गर्नेहरु पत्ता लगाएर उनीहरुलाई कारबाही गरेर देखाउन भन्दै ति  ब्रोकरले भने, 'नियामकले शंकास्पद कारोबार भएको छ भन्ने होइन, भएको पत्ता लगाएर कारबाही गर्ने हो र कारबाही गर्यौं भन्ने हो।'

त्यस्तै अर्का एक ठुला लगानीकर्ताले धितोपत्र बोर्डले कसैको इशारामा अहिले बिज्ञप्तीबाजी गरेको आरोप लगाए। हिजो बजार घटेर ३०० मुनि जाँदा पनि फण्डामेन्टल आधार नभएको र अहिले बजार तीन हजार आस्पास हुँदा पनि फण्डामेन्टल आधार नभएको उदाहरण पेश गर्दै ती लगानीकर्ताले धितोपत्र बोर्डले कसैको स्वार्थपूर्तिका लागि बिज्ञप्तीबाजी गरेको आरोप लगाए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved