'१२ अर्बको बजार भईसक्यो, बिज्ञापनलाई अब पनि दशैँ खर्च जस्तो ठान्नु हुदैन' - सोम धिताल, अध्यक्ष,आन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 12:41:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिज्ञापन संघले आफ्नो स्थापनाको ३१ औं बर्ष पुगेको अवसरमा पहिलो पटक सप्ताह कार्यक्रम गरिरहेको छ। स्थापनाको अवसर पारि जेठ ३० गटे सुरु भएको सप्ताह कार्यक्रम आज असार ७ गते एक कार्यक्रमका बीच सम्पन्न हुदैंछ। 

२०४७ साल जेठ ३० स्थापना भएको यस संघले बिज्ञापन दिवसको परिकल्पना गरि पहिलो पटक सप्ताह कार्यक्रमको आयोजना गरेको हो। 'बिज्ञापन संघ' बिज्ञापन एजेन्सीहरुको मात्र नभई सबै सरोकारवालाको हो भन्ने संदेश दिने मूल उदेश्यले बिज्ञापन दिवसको परिकल्पना गरि पहिलो पटक सप्ताह कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष सोम प्रसाद धितालको भनाई छ। 

नेपाल बिज्ञापन संघ स्थापना दिवस भएको अवसरमा यो सप्ताह कार्यक्रम राखीएपनि बिज्ञापन एजेन्सीहरुको मात्र नभई सबै सरोकारवालाहरुको हकहितका लागि स्थापना भएको हो भन्ने संदेश दिनैका लागि सप्ताह कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ। 

संघ बिज्ञापन एजेन्सीहरुको मात्र हो भन्ने बुझाईले संघको दायरा साँघुरो भयो भन्ने आफुहरुको निष्कर्ष रहेकाले यसको घेरा फराकिलो बनाउने उदेश्यले सबै प्रतिनिधि संस्थाहरुसँग यस सप्ताह कार्यक्रमकाबीचमा छलफल तथा सम्बाद गरिएको उनको भनाई छ।   

बिज्ञापन एजेन्सी संघलाई बिज्ञापन संघ बनाएर यो सबैको हो भन्ने संदेश दिईएपनि त्यहि अनुसार कामकारबाही नभएको हो कि भन्ने आफुहरुको बुझाई रहेकाले पनि पहिलो पटक सप्ताह कार्यक्रम आयोजना गरि यो सरोकारवाला सबैको साझा सँस्था हो भन्ने संदेश दिन खोजिएको उनले बताए। 

"संचारमाध्यम, बिज्ञापनदाता, बिज्ञापन व्यवसायी, उपभोक्ता र सरकार अर्थात यो शृंखलामा सामेल सबै पाँच चक्रको सँस्था हो भन्ने संदेश दिनु हाम्रो मूल उदेश्य हो" उनले भने। 

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका सँस्थाहरुसँग यो कोभिड १९ को महामारी जस्तो अप्ठ्यारो बेलामा पनि संचार माध्यमहरुलाई चलायमान बनाउनलाई बिज्ञापन नरोक्नलाई आफुहरुले आग्रह गरेको उनको भनाई छ। 

आफुहरुको आग्रहमा व्यवसायिहरुको सँस्थाले अप्ठ्यारोमा पनि बिज्ञापन गर्दा तडक भडक भएको संदेश जाने हो कि भन्ने आशय प्रकट गरेको उनले बताए। 

नेपालमा कस्ता मिडिया कतिको सङ्ख्यामा हुनुपर्छ भन्ने बिषय सरकारको भएपनि यसको उचित व्यवस्थापन र यसलाई व्यवस्थित बनाउने जिम्मेवारी सरोकारवाला सबैको भएको समेत उनले बताएका छन्। 

उनकाअनुसार गत आर्थिक बर्षको तथ्यांकअनुसार नेपालको बिज्ञापन बजार १२ अर्बको रहेको छ। कोभिडको महामारीकै बीचमा पनि यो आकार नघट्ने र यसको आकार करिब १४ अर्बको पुग्ने संघको अनुमान रहेको छ। 

संघकाअनुसार कुल १२ अर्बको बजार मध्ये प्रिन्ट मिडियाको ४ अर्ब ५० करोड, टेलिभिजनको २ अर्ब ५० करोड, होडिंग बोर्ड लगायतका आउट डोरको २ अर्ब, डिजिटल मिडियाको २ अर्ब प्लस तथा रेडियो एफएमको १ अर्ब २० करोड रहेको छ। यस तथ्यांकमा युट्युब, फेसबुक लगायतका सोसियल मिडियाबाट हुने बिज्ञापन समावेश छैन। 

कानुनी तथा बैधबाटोबाट सामाजिक संजालमा बिज्ञापन नगरिनुले बिज्ञापनको चक्रमा रहेका सबै सरोकारवालाको लागि ठुलो चुनौती थपेको उनको भनाई छ। 

त्यस्तै बिज्ञापनलाई दशैं तिहारको खर्च बाड्ने जस्तै सोच राखिनु अर्को चुनौतीको बिषय भएको उनले बताए। बिज्ञापनले व्यवसायको प्रचार प्रसार तथा वासलातको आकार बढाउँन सहयोग गर्छ भन्ने सोचको जन्म हुनुपर्ने आजको आवश्यकता भएको उनको भनाई छ। 

त्यस्तै बिज्ञापनकै आधारमा सम्पादकको नीति निर्भर रहने, बिज्ञापन व्यवसायीले बिज्ञापन देखाएर मिडियामा ह्स्तक्षेप गर्ने, संचार माध्यमहरुबीच बिज्ञापनको दर र छुटको दरमा एकरुपता नहुने, बिज्ञापन व्यवसायी र संचारमाध्यमबीच पर्याप्त समन्वय नहुने लगायतका बिषयहरु पनि चुनौतीका बिषय भएको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved