ऐन संशोधन नभई सामाजिक सुरक्षा कोषमा जाँदा यसरी घट्छ कर्मचारीको खाईपाई आएको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 09:24:38 AM मा प्रकाशित

laxmi  sunrise bank

हरि बहादुर खड्का 

नेपाल सरकारले २०७५ मंसिर ११ गते औपचारिक, अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखी श्रमिकहरुको लागि “नयाँ युगको शुरुवात” भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको कुरा सर्वविदितै छ । यस योजनाको परिकल्पना अनुसार वर्तमान अवस्थामा सर्वप्रथम सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट बञ्चित लाखौं श्रमिक, कामदार÷कर्मचारीहरुलाई समेटिनु पर्छ भन्ने कुरामा कसैको विमती नहोला । 

विडम्बना विगत देखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका हामीले सामाजिक सुरक्षामा आवद्ध भइ सक्दा समेत सामाजिक सुरक्षा कोषले ऐन संसोधन गरी हाम्रा सेवा सुविधा नघटने तर्फ ध्यान नदिइएकोले अव उपरान्त सो योगदानलाई निरन्तरता गर्न नसकिने अवस्था सामाजिक सुरक्षा कोष ले सिर्जना गरिरहेको छ । अन्य संस्थाहरुलाई क्षतिपूर्ति दिन निर्देशन दिने  तर स्वयम्ले सामाजिक सुरक्षा कोष  मा आवद्ध भएका संस्थालाइ क्षतिपुर्ति नदिएकोले सामाजिक सुरक्षा कोष मा निरन्तरता गर्न नसकिने अवस्था  सिर्जना भएको छ । सुर्य लाइफ इन्स्योरेसका कर्मचारी दुर्घटना भएर उपचार भइ रहेको तर क्षतिपुर्ति हाल सम्म नदिएको । सोल्टी होटल सामाजिक सुरक्षा कोष मा आवद्ध भएको तर त्याहाँका कर्मचारीको मृत्यु हुदाँ समेत क्षतिपुर्ति नदिएको जस्ता घटणाले सामाजिक सुरक्षा कोष प्रति थप अबिश्वासको बाताबरण पैदा भएको छ ।

कम्पनीमा भएका व्यवस्थाहरु र सामाजिक सुरक्षा कोषको ब्यवस्थाहरु ः

हाल पाएको सुविधा
सामाजिक सुरक्षा कोषको कार्यविधमा भएको व्यवस्था
कम्पनीले रु, २२००÷– भुक्तानी गर्दा परिवारको ४ जनाको स्वास्थ्य बीमा हुने र नेपालको जुनकुकै अस्पतालमा उपचार गराउन सकिने सो बापत अधिकतम रु १ लाख सम्म खर्चको सोधभर्ना पाउने व्यवस्था रहेको ।
तर, कोषमा रु ६०००÷– भुक्तानी गर्दा सम्बन्धित कर्मचारीको मात्र स्वास्थ्य बीमा हुने तथा कोषले तोकेको अस्पतालमा मात्र उपचार गराउनु पर्ने साथै सोबापत अधिकतम रु ८०  हजार सम्म मात्र पाउने व्यवस्था रहेको ।
संचयकोष, उपदान तथा थप योगदान वापत जम्मा भएको सम्पूर्ण रकममा ९०% सम्म ऋण पाइने ।
सामाजिक सुरक्षा कोषवाट कर्जा लिनको लागि ३ वर्ष योगदान गरेको हुनुपर्ने र उपदान (८.३३%) को ८०% मात्र कर्जा दिने व्यवस्था रहेको ।
कर्मचारीको पति÷पत्नी बैकल्पिक रोजगारीमा रहेको अवस्थामा समेत योगदान गरेको सम्पूर्ण रकम तथा त्यसको प्रतिफल समेत निजको हकवालाले प्राप्त गरिरहेको ।
कार्यविधिको दफा २४(ग) अनुसार योगदानकर्ताले  निवृत्तिभरण प्राप्त गर्न शुरु गरे पछि १८० महिना निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा निजको पति÷पत्नीको बैकल्पिक रोजगारी भएमा केही पनि नपाउने व्यवस्था रहेको 
संस्थामा उपदान बापत कर्मचारीको प्रतिवर्ष  २ महिना सम्मको तलब पाउने ब्यवस्था रहेको ।
तर, कोषको दफा १९ को ब्यवस्था अनुसार उपदान वापत रोजगारदाताले  प्रति महिना तलबको ८.३३% भन्दा बढि दिन सक्ने स्पष्ट नभएकोले लामो सेवा अवधी भएका कर्मचारीहरु हालको  कर्मचारी विनियमावलीमा तोकिएको थप सुविधाबाट बञ्चित हुनसक्ने भएको  ।

कर्मचारीको उमेर ६० वर्ष नपुगी अवकाश भएमा वा जुनसुकै कारणले रोजगारीको अन्त्य भएमा त्यही बखत नै संचयकोष तथा उपदान वापत जम्मा भएको सम्पूर्ण रकम तथा सोको प्रतिफल समेत एकमुष्ट फिर्ता पाईरहेको । 





जम्मा गरिएको अवकाश रकममा अवकाश कोषहरुले बजारमा प्रचलित ब्याजदर अनुसारको प्रतिफलको निश्चितता गरेको ।  

तर, २०७८ साल श्रावण १ गते वा सो पछि योगदान गर्ने कर्मचारीको हकमा कर्मचारीको २०% निवृत्तिभरण योजनामा गरेको योगदानको रकमलाई योगदानकर्ता ६० वर्ष पुरा भएपछि १६० महिनाले भाग गरि आउने रकमलाई प्रतिमहिना निजलाई निवृत्तिभरण वापत प्रदान गरिने  र उपदान वापतको ८.३३% मात्रै एकमुष्ट फिर्ता पाउने व्यवस्था रहेको । 

तर, २०७८ साल श्रावण १ गते वा सो पछि योगदान गर्ने कर्मचारीको हकमा कर्मचारीको २०% निवृत्तिभरण योजनामा गरेको योगदानको रकमलाई योगदानकर्ता ६० वर्ष पुरा भएपछि १६० महिनाले भाग गरि आउने रकमलाई प्रतिमहिना निजलाई निवृत्तिभरण वापत प्रदान गरिने  र उपदान वापतको ८.३३% मात्रै एकमुष्ट फिर्ता पाउने व्यवस्था रहेको । 


कोषले प्रतिफलमा प्रदान गर्ने व्याजदर स्पष्ट नगरेको ।

लेखक खड्का प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी कर्मचारी संघका अध्यक्ष हुन् ।


यो पनि : सामाजिक सुरक्षा कोषको असामाजिक व्यवहार विरुद्ध बैंक वित्त तथा बीमाका कर्मचारी (फोटो फिचर)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved