'विकास बैंकलाई हकप्रदको निष्काशन गर्न दिनुको विकल्प छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 11:51:32 AM मा प्रकाशित

nepal oil ltd

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले विकास बैंकहरुलाई हकप्रद सेयर निष्काशन गर्न दिनुको विकल्प नभएको बताएका छन्। अहिलेकै अवस्थामा कारोबार वृद्धि गर्न असहज हुने र डिबेन्चर निष्काशनले पनि समाधान नदिने भएकाले विकास बैंकहरुलाई हकप्रद जारी गर्न दिनुको विकल्प नभएको उनले बताए। 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत विकास बैंकहरुलाई हकप्रद निष्काशन गर्न दिने नीति ल्याउने अपेक्षा रहेको बताउदै अध्यक्ष आचार्यले बिकास बैंकको व्यवसाय वृद्धिका लागि पनि हकप्रद अनिवार्य भएको बताए। 

अहिलेकै अवस्थामा विकास बैंकलाई थप कारोबार गर्न तथा व्यवसाय बृद्दी गर्नलाई अप्ठ्यारो पर्ने भएकाले आफुहरुले हकप्रदको बाटो खोलिदिनलाई राष्ट्र बैंकलाई आग्रह गरेको उनले बताए।

यो पनि: डिशहोमका एमडी आचार्यको अनुभवः होटलमा भाडाँ माझ्नेदेखि बैंकको अध्यक्षसम्म

अहिले 'क्यापिटल एडीक्वेसी रेसियो' अर्थात नगद मौज्दात अनुपात 'टाइट' अवस्थामा भएकाले पनि हकप्रदको विकल्प नभएको उनले बताए। डिबेन्चर तत्कालको लागि समाधान देखिएपनि यो आफैंमा दायित्व भएकाले इक्विटी बढाएर नै अगाडी बढ्नु पर्ने भएकाले हकप्रद अनिवार्य भएको उनले बताए। 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति ल्याउदा विकास बैंकहरुलाई हकप्रद निष्काशन गर्न दिने विकास बैंकहरुको अपेक्षा रहेको छ। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन डीबीएन ले मौद्रिक नीतिको लागि बुझाएको सुझावमा पनि हकप्रद निष्काशन गर्न दिनुपर्ने उल्लेख छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved