सेयर धितोमा १२ करोडको सीमाले सेयरबजार थप बलियो हुन्छ: डेपुटी गभर्नर मिश्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 03:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीति कार्यन्वयनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिमार्जित तथा संसोधित एकीकृत निर्देशन २०७७ का केहि व्यवस्था यतिखेर मुद्रा तथा पुंजीबजारमा चर्चाको बिषय बनेको छ। एकल ग्राहकले मार्जिन प्रकृतिको कर्जा एउटा बैंक वित्तीय सँस्थाबाट बढीमा ४ करोड र समग्र उद्योगमा १२ करोड लिने पाउने व्यवस्थाले बिशेषगरि धेरैको ध्यान तानेको छ। 

मौद्रिक नीति सार्वजनिक भएको मिति भदौ ८ अगाडी यस्तो कर्जा लिएको भए यस्तो कर्जा भुक्तानी अवधि वा एक बर्ष मध्ये जुन पहिला आउँछ त्यो समय सम्म मार्जिन प्रकृतिको कर्जा  तोकिएको सिमामा झार्नु पर्ने व्यवस्थाले धेरैलाई अन्यौलामा पारेको छ।  

उक्त निर्देशनमा उल्लेख एकल ग्राहक भनेको के हो र सेयर धितो राखेर मात्रै एउटा सँस्थाबाट ४ करोड मात्रै कर्जा पाइने हो भन्ने प्रश्नले धेरैको दिमागमा स्थान पाएको छ। 

"सेयर धितोमा राखेर सेयर किन्नलाई एउटा सँस्थाबाट बढीमा ४ करोड र समग्र उद्योगबाट १२ करोडसम्म लिन पाइने र यदि यस अगाडी कसैले यस्तो कर्जा तोकिएको सिमा भन्दा बढी छ भने भुक्तानी अवधि वा एक बर्ष भित्र पहिल्यै सेटलमेन्ट गर्नुपर्छ" - बम बहादुर मिश्र,  डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक

यस बिषयमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले मार्जिन प्रकृतिको कर्जामा सिमा तोकिएको बिषयलाई लिएर अन्यौलमा पर्नु पर्ने कारण नै नरहेको बताएका छन्। 

एकल ग्राहक भन्नाले एकाघर परिवार जनाउने भएकाले एउटा परिवारका एक जना सदस्यले वा उक्त परिवारका सबै सदस्यले जसले लिए पनि मार्जिन प्रकृतिको कर्जा एउटा सँस्थाबाट बढीमा ४ करोड र पुरै बैंकिङ उद्योगबाट १२ करोडसम्म मात्रै लिने पाइने उनले बताए। 

"सेयर धितोमा राखेर सेयर किन्नलाई एउटा सँस्थाबाट बढीमा ४ करोड र समग्र उद्योगबाट १२ करोडसम्म लिन पाइने र यदि यस अगाडी कसैले यस्तो कर्जा तोकिएको सिमा भन्दा बढी छ भने भुक्तानी अवधि वा एक बर्ष भित्र पहिल्यै सेटलमेन्ट गर्नुपर्छ" उनले भने। 

मिश्रले अगाडी भने, तर कसैले सेयर धितो राखेर सेयरबजार बाहेकको क्षेत्रमा लगानी गर्छ भने उसको लागि यो सिमा लागू हुदैन। त्यस्तो व्यक्तिले आफ्नो क्षमताअनुसार र सेयर धितोले भ्याएसम्मको कर्जा लिन पाउँछ। 

भुक्तानी अवधि वा एक बर्ष मध्ये जुन पहिले आउँछ त्यो बेलासम्म मार्जिन प्रकृतिको सेयर धितोकर्जा तोकिएको सिमाभित्र ल्याउनुपर्ने नियमले बजारमा ठुलो प्रभाव नपार्ने डेपुटी गभर्नर बम बहादुर मिश्रले स्पष्ट पारे। 

एकै व्यक्तिले मार्जिन प्रकृतिको कर्जा धेरै लिंदा यसले समग्र बैंकिङ तथा पुंजीबजारकै क्षेत्रमा पनि जोखिम बढिरहने भएकाले सकेसम्म धेरैमा यो कर्जा बिस्तार होस् र सेयर बजार पर्पक्वा हुदै जाओस भन्ने राष्ट्र बैंकको मनासय भएको उनले बताए। 

एउटा सँस्थाबाट बढीमा ४ करोड र पुरै उद्योगबाट बढीमा १२ करोड सम्म सेयर मार्जिन प्रकृतिको कर्जा लिन पाइने व्यवस्थाले समग्र पुंजी बजार थप स्वस्थ र बलियो समेत उनले बताए।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved