कसका लागि सेयर धितोमा १२ करोडको सिमा तोकिएको हो ? गभर्नर अधिकारीले दिए यस्तो जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 05:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमाबारे स्पष्ट पारेका छन्। सेयरबजारमा लगानी गर्नका लागि सेयर नै धितो राखेर लिईने कर्जाको लागि मात्रै एउटा बैंकबाट ४ करोड र उद्योगबाटै १२ करोडसम्मको सिमा कायम गरिएको गभर्नर अधिकारीले स्पष्ट पारेका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको 'मौद्रिक नीति कार्यान्वयनः निर्देशित कर्जाको उपयोगिता' बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा राष्ट्र बैंकले पछिल्लो समय कायम गरेको व्यवस्थाबारे स्पष्ट पारेका हुन्। 

पछिल्लो समय सेयर बजारमा लगानी गर्नको लागि बैंकहरुमा ठुलो ऋणको माग आएको र कतिपयले ठुलो भोलुमको कर्जा दिनलाई बैंक वित्तीय सँस्थामा दबाब दिने गरेकाले यो व्यवस्थाले बैंकहरुलाई सहज बनाईदिएको उनले बताए। 

यो पनि: सेयर धितोमा १२ करोडको सीमाले सेयरबजार थप बलियो हुन्छ: डेपुटी गभर्नर मिश्र

यद्दपी कुनै पनि व्यक्ति वा संस्थाहरुले सेयर धितो राखेर सेयर बजार बाहेकका क्षेत्रमा लगानी गर्न चाहान्छन भने त्यस्का लागि यो सिमा लागू नहुने उने स्पष्ट पारे। 

एउटा बैंक वित्तीय सँस्थाबाट ४ करोड र बढीमा तीनवटा बैंकबाट १२ करोडसम्मको व्यवस्थाको आवश्यकताबारे व्याख्या गर्दै गभर्नर अधिकारीले भने, 'यहाँ एउटा ब्यक्तिले ४ करोडको सेयर राखेर २ करोड ८० लाख ऋण लिने, सोहि पैसाले फेरी सेयर खरिद गर्ने र फेरी सो सेयर राखेर अर्को ७० प्रतिशत लिने अभ्यास रहेकाले पनि यो व्यवस्था गरेका हौँ।'

मार्जिन प्रकृतिको सेयर धितोमा बढीमा ३ वटा बैंकबाट १२ करोडसम्मको सिमाले अप्ठ्यारो बनाउने भन्दै यो व्यवस्थालाई पुनर्विचार गर्नका लागि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका सँस्थाहरुले अन्तरकृया कार्यक्रममा अपिल गरेका थिए।

तर गभर्नर अधिकारीले १२ करोडको सिमा पर्याप्त भएको स्पष्ट पार्दै अरु प्रयोजन अर्थात सेयरमा लगानी गर्ने प्रयोजन बाहेकको लागि सेयर धितो राखेर जति पनि कर्जा लिन पाइने स्पष्ट पारे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved