दिपेन्द्र अग्रवाल नेतृत्त्वको संघर्ष समितिको फेस सेभिङ: निरिह सेबोनले इज्जत जोगाईदियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 11:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बिभिन्न अठार बुंदे माग राखेर आन्दोलन थालेको पूँजीवजार सुधार संघर्ष समिति ले फेस सेभिङ गरेर आन्दोलन सकाएको छ। दिउँसो धितोपत्र बोर्ड घेर्न पुगेको दिपेन्द्र अग्रवाल नेतृत्त्वको समितिले कुनै सहमति र निष्कर्ष बिनानै आन्दोलन सकेर राति घर फर्किएको हो। 

एकातर्फ धितोपत्र बोर्डले सम्बोधन गर्न नसक्ने माग अगाडी सारेको र अर्को तर्फ निर्णय गर्न पनि नसक्ने काम चलाउ अवस्थामा पुगेको बोर्डसँग वार्ता गर्न पुगेको संघर्ष समितिको आन्दोलनलाई बोर्डकै उच्च अधिकारिले फेस सेभिङ गर्न सघाएका हुन्। 

१८ बुंदे मागलाई संचालक समितिमा पुर्याईदिने लिखित प्रतिबद्दता गर्दिएर धितोपत्र बोर्डका उच्च अधिकारीले संघर्ष समितिको आन्दोलनलाई फेस सेभिङ गर्न मद्दत गरेका हुन्। 

सम्बोधन हुनुपर्छ भनेर अगाडी सारिएका मागबारे कुनै  निष्कर्ष ननिस्की बोर्डको संचालक समितिमा उक्त  कुरा पुर्याईदिन्छु भनेर गरिएको समझदारी फेस सेभिङ मात्रै भएको जानकारहरु बताउँछन्। 

धितोपत्र बोर्डका अहिलेका अधिकारिहरुले चाहेर पनि कुनै निर्णय गर्न सक्ने अवस्थामा छैनन्। अर्थमन्त्रालयले समेत बोर्डका कार्यकारी निर्देशक निरज गिरिलाई दैनिक प्रशासनिक काम गर्ने अख्तियार मात्रै दिएकाले बोर्ड निर्णय लिने ठाउँमा छैन। यस्तो अवस्थामा पनि माग सम्बोधनको लागि बोर्ड पुग्नु नै अग्रवाल नेतृत्त्वको संघर्ष समितिले फेस सेभिङ चाहेको एक लगानीकर्ताको भनाई छ। 

"संघर्ष समितिले अगाडी सारेका १८ माग मध्ये अधिकांश माग सेयरबजारमा सुचिकृत कम्पनीलाई झनै कमजोर बनाउने खालका, नीतिगत र राष्ट्र बैंकसँग सम्बन्धित थिए, तर निरिह धितोपत्र बोर्डको कार्यलय घेर्न जानु भनेको आफैंमा आन्दोलनलाई फेस सेभिङ गराउनु हो" ति लगानीकर्ता बताउँछन्।

उनि अगाडी थप्छन्, यो आन्दोलनमा दिपेन्द्र अग्रवाल लगायत केहि अनुहार मात्रै देखिएका छन्, तर अग्रवालको नेतृत्त्व भित्र अरु धेरै अनुहार छन्, जसले सेयरबजार अझैं माथि जान्छ भनेर ठुलो मात्रामा सेयर किनेका थिए, एक दुई दिनको आन्दोलनले पनि बिगतमा जस्तै सेयरबजार नफर्केपछि यो समुह न सेयर बेच्न सक्ने अवस्थामा भयो न आन्दोलन सकाउने अवस्थामा, त्यसैले आज फेस सेभिङ गर्न बाध्य भएको हो।"

संघर्ष समितिले सुरुवाती दिनमा यी मागहरु अगाडी सारेर राष्ट्र बैंक घेर्न पुगेको थियो। तर ज्ञापन पत्र बुझाएपनि राष्ट्र बैंकले यी मागमध्ये एउटा पनि माग सम्बोधन गरेको थिएन। 

त्यसपछि यो समुहले नेप्से कार्यलयलाई निशाना बनायो र त्यहाँ अनसनको लागि पुग्यो। तर प्रहरी प्रशासनले नेप्से कार्यलय अगाडी आन्दोलन गर्न दिएन, बरु आन्दोलनमा होमिएका केहि व्यक्तिलाई पक्राउ गर्यो।

अर्थमन्त्रालयले पनि समय नदिएपछि अन्तिममा निर्णय गर्न पनि नसक्ने प्रमुख कार्यकारी बिहिन निरिह धितोपत्र बोर्डको कार्यलय घेर्न यो समुह पुगेको हो। र त्यहाँबाट फेस सेभिङ गरेर आन्दोलन सकेको हो।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved