'कमर्शियल बैंकका कारण विकास बैंक ब्याज बढाउँन बाध्य भए, कात्तिकदेखि घट्न सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 09:51:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले ब्याजको दर बढाएका बिकास बैंकहरु पनि ब्याज बढाउँन बाध्य भएको पाइएको छ। कमर्शियल बैंकले नै मुद्दतीमा दुई अंकको   ब्याजदर सार्वजनिक गरेपछि आफुहरुले आफ्नो निक्षेप बचाईराख्नलाई पनि ब्याजको दर बढाउँन बाध्य भएको विकास बैंकहरुको भनाई छ। 

बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन, डीबीएन का पुर्व अध्यक्ष समेत रहेका गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले कमर्शियल बैकहरुले ब्याजको दर बढाएकाले आफुहरु पनि बढाउँन बाध्य भएको प्रतिकृया दिएका छन्। 

सरकार खर्च गर्न नसकेर 'बजेट होलिडे' मा पुगेको, चाडपर्व नजिकिदै गर्दा मानिसहरुले पैसाको जोहो गर्न नगद झिक्ने क्रम बढेको, रेमिट्यान्स घटेको, आयात पनि बढेको, बैंकिङ प्रणालीमा निक्षेप भन्दा कर्जाको माग उल्लेख्य रुपमा बढेको जस्ता कारणहरु एकै पटक दृश्यमा देखिंदा बैंकहरुले आफुसंग भएको निक्षेप पनि खोसिने डरले ब्याज बढाउँदा विकास बैंक र फाइनान्सहरुले पनि बढाउँन बाध्य भएको र त्यसको समग्र असर बैंकिङ प्रणालीमा परेको सीईओ ढकालको भनाई छ। 

सनराइज बैंकले कमर्शियल बैंकहरुमै सबै भन्दा बढी मुद्दतिमा ब्याज प्रस्ताव गरेको छ। सनराइज बैकले मुद्दतीमा १०.०६ प्रतिशत ब्याज प्रस्ताव गर्दा विकास बैकहरुले भने ९.५ प्रतिशत ब्याज प्रस्ताव गरेका छन्। 

"भएको निक्षेप खोसिने डरले कमर्शियल बैंकहरुले ब्याजको दर नबढाएको भए विकास बैंकहरु पनि ब्याज बढाउँन बाध्य हुन्थेनन्" सीईओ ढकालले भने, "भदौमा सार्वजनिक भएको ब्याजको दर हेर्दा मुद्दतीमा विकास बैंकहरुले भन्दा कमर्शियल बैंकले धेरै प्रस्ताव गरेका छन्।"

सीईओ ढकालकाअनुसार अवस्था सुध्रिदै गएमा कात्तिकदेखि नै ब्याजको दर घट्न सक्नेछ। त्यो बेलासम्म अहिले दशैं तिहारको लागि बाहिरिएको पैसा पनि बैंकिङ प्रणालीमा आउने, सरकारले पनि खर्चलाई सूचारु गर्ने, रेमिट्यान्स पनि बढ्ने जस्ता अवस्था सृजना भएमा कात्तिकदेखि ब्याजको दर घट्न सक्नेछ। 

बैंक, विकास बैंकहरुले प्यानिक भएर ब्याज बढाउनुपर्ने कारण नभए पनि केहि नीतिगत व्यवस्था र अवस्थाले गर्दा बाध्यता आईपरेको उनको भनाई छ। राजनीतिक अवस्था बिग्रिदै जाँदा बजेट होलिडे लम्बिन सक्ने र तरलता झन झनै खुम्चिदै जाँदा एकातर्फ लगानीयोग्य रकमको अभाव हुने र अर्कोतर्फ नियामकीय व्यवस्था कायम नहुँदा कारबाही हुन सक्ने डरकै कारण अहिले ब्याजको दर बढाउँनलाई बैंकहरु प्यानिक भएको हुन सक्ने उनको भनाई छ। 

आउने महिनाको ब्याजको दर अहिलेनै अग्रिममा घोषणा गर्नुपर्ने नीतिगत व्यवस्था भएकाले केहि बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्ने वित्तीकै अरु बैंकहरु पनि आफ्नो निक्षेप जोगाउन ब्याज बढाउन बाध्य भएको र बैंकहरुले बढाएपछि विकास बैंक पनि ब्याज बढाउने यो प्रतिस्पर्धाबाट टाडा हुन नसकेको सीईओ ढकालको भनाई छ। 

यो पनि: 'राष्ट्र बैकका कारण बैंकहरु 'प्यानिक' भए, दशैं अगाडीसम्म अवस्था सुधार हुन्छ' : बैंकर क्षेत्री

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved