बैंकहरुलाई सीईओ क्लबको संदेश : प्यानिक भएर ब्याजदर नबढाउनु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2021 | 01:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरुले कात्तिक देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। दशैं पछिको पहिलो नियमित दिनमा आज केहि बैंक, विकास बैक र फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

आज ब्याजदर सार्वजनिक गरेका बैक वित्तीय सँस्थाहरु मध्ये केहिले असोजको तुलनामा ब्याजको दर घटाएका छन् भने कहिले बढाएका छन्। त्यस्तै केहिले यथावत राखेका छन्। 

असोजको तुलनामा ब्याजदर बढ्ने अपेक्षा विपरित सानिमा बैंकले भने ब्याजदर घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। यता ब्याजदर सार्वजनिक गरेका कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले भने बचत, मुद्दती र निक्षेपमा ब्याज झिनोले बढाएका छन्। 

कमर्शियल बैंकहरुले बचत, मुद्दती र कर्जाको ब्याज घटाउदै गर्दा केहि फाइनान्स कम्पनीहरुले भने ब्याजको दर बढाएका छन्। आज ब्याजदर सार्वजनिक गरेका मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकले झिनो अंकले ब्याजको दर बढाएका छन्। 

प्यानिक भएर ब्याजदर नबढाउन एनबिए को संदेश 

कमर्शियल बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैकर्स संघ, एनबिए ले आफ्ना सदस्य बैंकहरु अर्थात सबै कमर्शियल बैंकहरुलाई प्यानिक भएर ब्याजदर नबढाउन संदेश पठाएको छ। 

एनबिएका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले एनबिए ले आफ्ना सदस्य बैकहरुलाई प्यानिक भएर ब्याजदर नबढाउँन संदेश पठाएको बताएका छन्। 

"प्यानिक भएर ब्याजदर बढाउँदैमा नयाँ पैसा आईहाल्ने होइन" उनले भने, "भएकै पैसा खोसाखोस गर्न ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक नभएकाले प्यानिक भएर ब्याजदर नबढाउँन सबै कमर्शियल बैंकका सीईओं हरुलाई संदेश पठाएका छौँ।"

त्यसो त आज नै कात्तिक देखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको सानिमा बैंकले असोजको तुलनामा बचत, मुद्दती निक्षेप र कर्जाको ब्याज घटाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved