बसन्त लम्सालको नेतृत्त्वमा लघुवित्तको क्षेत्रमा के-के काम भए, कुन अधुरै रहे ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 27, 2021 | 09:22:14 AM मा प्रकाशित

laxmi bank

नेपाल लघुवित्त बैंकर्स संघले गत साता शुक्रबार आफ्नो पन्ध्रौँ बार्षिक साधारणसभाबाट नयाँ नेतृत्त्व पाएको छ।  दुई बर्षको कार्यकाल सकेर अहिले निवर्तमान बनेका अध्यक्ष बसन्त लम्सालले सौहाद्पूर्ण वातावरणमा नेतृत्त्व हस्तान्तरण गरेका छन्। 

लघुवित्तको क्षेत्रमा अग्रज व्यक्तिका रुपमा लिईने लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माको नेतृत्त्वमा संघमा नयाँ टिम आएको छ। र यो टिमले कस्तो काम गर्छ भन्ने कुरा गर्वको बिषय हो र यसको मुल्यांकन भविष्यमा हुनेनै छ। 

यद्दपी कोभिड १९ को महामारीका बावजुत बसन्त लम्सालको नेतृत्त्वमा रहंदा नेपाल लघुवित्त बैंकर्स संघले धेरै काम गर्न सफल भएको छ। उनको नेतृत्त्वमा बिशेषगरि नियामक नेपाल राष्ट्र बैंकले लघुवित्तको अस्तित्वलाई पूर्णरुपमा स्वीकार गरेको छ भने लघुवित्तको बारेमा आम सर्व साधारणमा पनि बिगतको तुलनामा धेरै जानकारी पुगेको छ। 

नेपाल राष्ट्र बैंकले बिगतमा सर्कुलर जारी गर्दा सामान्यतया बैंक, बिकास बैंक र फाइनान्सका छाता संगठनलाई मात्र सम्झने गर्दथ्यो भने सर्कुलरमा लघुवित्त बोधार्थ समेत हुन्थेन। तर पछिल्ला २ अढाई बर्षमा राष्ट्र बैंकले जारी गर्ने सर्कुलरमा नेपाल लघुवित्त बैंकर्सलाई समेत बोधार्थ हुने गरेको छ। यो बिषय सामान्य भएपनि अस्तित्व स्वीकारको लागि भने आफैंमा महत्त्वपूर्ण बिषय हो।

त्यस्तै बैंक वित्त तथा आर्थिक क्षेत्रमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुसँगको सम्बन्ध नेपाल लघुवित्त बैंकर्स संघसँग अझ निकट बनेको छ। बिभिन्न समयमा बिभिन्न बिषयमा नेपाल लघुवित्त बैंकर्स संघसँगको सम्बाद र छलफलका कारण आर्थिक पत्रकारहरुसँगको सम्बन्ध थप प्रगाढ बनेको हो।

यसका बावजुत नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तहरुका लागि केहि नीतिगत व्यवस्था गर्न गराउन समेत सफल भएको छ। नेपाल राष्ट्र बैंक र संघबीचको समन्वयकै कारण लामोसमयदेखि कर्जा सूचना व्यवस्था पालनामा भोग्नु परेको समस्याको निराकरण गर्दै कर्जा सूचना केन्द्रबाट प्रत्येक महिनाको पहिलो हप्ताभित्र अध्यावधिक भएको ऋण लगानी सम्बन्धि विवरण सम्बन्धित संस्थालाई उपलब्ध गराउने लगायतका व्यवस्था भएको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकले बिगतमा बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई उपलब्ध गराउदै आएको पुनर्कर्जा लघुवित्त वित्तीय सँस्थाहरुले पनि पाउने व्यवस्था भएको छ। जुन लघुवित्त वित्तीय सँस्थाहरुका लागि आफैंमा एउटा महत्त्वपूर्ण उपलब्धि हो।   

त्यस्तै नेपाल बैंकिंग इन्ष्टिच्युटको सहकार्यमा लघुवित्तहरुको कशामता अभिवृद्धि कार्यक्रम तथा सहभागीको संख्यामा पनि वृद्धि भएको छ। यस बर्ष १६ वटा कार्यक्रममा कुल ५१६ जना भन्दा बढीको सहभागिता रह्यो। 

त्यस्तै बिगतमा भएका लघुवित्तसँग जोडिएका केहि नीतिगत व्यवस्था समेत परिवर्तन भएका छन्। लाभांश वितरणमा हाल केहि नियन्त्रण रहेतापनि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने व्यवस्था हटाउनु, कुल तलबभता खर्चको न्युनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने व्यवस्था अनिवार्य नहुनु, काठमान्डू उपत्यका भित्र स सर्त कर्पोरेट कार्यलय र शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गरिने व्यवस्था, मर्जर तथा प्रातिको लागि प्रोत्साहन जस्ता कामहरु भएका छन्। 

यद्दपी केहि काम भएपनि केहि नीतिगत व्यवस्था अझैं बाँकी नै रहेका छन्। लाभांश वितरणमा लघुवित्तलाई गरिएको नीतिगत व्यवस्था अरु बैंक विकास बैंक र फाइनान्सलाई पनि हुनुपर्ने र यिनीहरुलाई लागू नभए लघुवित्तका लागि मात्र हुन नहुने माग अझैं पुरा हुन सकेको छैन। लघुवित्तहरुले  २० प्रतिशत भन्दा माथिको लाभांश वितरण गर्दा जति बढी लाभांश हुन्छ त्यसको ५० प्रतिशत रिजर्भमा राख्नुपर्ने र त्यसको २५  प्रतिशत  ग्राहक संरक्षण कोष मा राख्नुपर्ने व्यवस्था छ। 

लघुवित्तसँग ५२ लाख ग्राहक जोडिएकाले लघुवित्त मार्फत कृषिमा सहुलियत दिने व्यवस्था हुनुपर्ने तर अहिले पुरा हुन सकेको छैन।  

त्यस्तै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कोभिड १९ को महामारीमा बैंक, विकास बैंक र फाइनान्सका ऋणीलाई कर्जा तिर्नलाई समय थप लगायतका सुविधा दिएपनि त्यो सुविधा लघुवित्तका ऋणीलाई दिईएको छैन। 

त्यस्तै विकास बैंक र फाइनान्सले आधार दर भन्दा तलामा पनि लघुबीत वित्तीय संस्थाहरुलाई कर्जा सापटी दिन पाउनु पर्ने व्यवस्थाको माग भएपनि अहिलेसम्म पुरा भएका छैनन्। 

नेपाल लघुवित्त बैंकर्स संघ २०६३ मा स्थापना भई संचालनमा आएको लघुवित्तहरुको छाता संगठन हो। यस संघको स्थापना तत्कालिन समयमा संचालनमा रहेका ९ वटा लघुवित्त सँस्था मिलेर भएको हो र यस संघमा २०७८ असार मसान्तसम्म संचालनमा रहेका ७० मध्ये ५१ वटा संस्था आबद्द छन।     

के के अधुरै रहे ?

लघुवित्तका सरोकारवाला सबैलाई राखेर नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्र, आर्थिक समृद्धि, वित्तीय पहुँच जस्ता बिषयमा लघुबित्तको योगदान कति छ र राज्यले दिने सम्मानमा लघुवित्त कहाँ छ भन्नेबारे एउटा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने सपना अधुरै रह्यो। 

त्यस्तै यस क्षेत्रमा केन्द्रित भएर पत्रकारिता गर्नेहरुलाई लघुवित्तको काम क्रियाकलाप प्रत्यक्ष रुपमा देखाएर लघुवित्तका बारेमा बाहिरबाट गरिएका टिकाटिप्पणीबारे स्पष्ट रुपमा जानकारी दिने इच्छा थियो तर त्यो पुरा भएन। 

(नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालसँगको कुराकानीमा आधारति)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved