बिजपाटीको समाचारमा अम्बिका पौडेलको आपत्ति, बोर्ड अध्यक्षको आंकाक्षी नभएको स्पष्टोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 11:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बिजपाटीमा प्रकाशित धितोपत्र बोर्डका अध्यक्षहरुको आकांक्षी सम्बन्धी समाचारमा आपत्ति जनाएका छन्।  लगानिकर्ता हुनु मै आफुलाई आनन्द अनि खुसि भएकाले आफु कहिल्यै पनि धितोपत्र बोर्डको अध्यक्षको आकांक्षी नहुने उनले बताएका छन्। 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुनलाई लबिङ गरिरहेका आकांक्षीहरुबारे आफ्नो नाम पनि जोडीएपछि पौडेलले यस्तो प्रतिकृया दिएका हुन्। बिजपाटीले अर्थमन्त्रालयले बोर्ड अध्यक्ष चयन गर्नलाई सिफारिस समिति गठन गरेपश्चात धेरै व्यक्तिहरु अध्यक्षको लागि लबिङ गरिरहेको र ती मध्ये पौडेलको नाम पनि चर्चामा भएको लेखेको थियो।

आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको भन्दै उनले सामाजिक संजाल मार्फत प्रतिकृया दिएका छन् भने यसबारे उनले बिजपाटीकर्मीसँग पनि आफ्नो धारणा व्यक्त गरेका छन्। 

"लगानीकर्ता हुनु मै मलाई आनन्द अनि खुसि छ, पूर्णकालीन लगानीकर्ता हुनका लागि सरकारी जागिर छोडेर आएको हो, लगानीकर्ता नै रही रहनेछु, म दाबेदार होइन, इच्छा पनि छैन" उनले बिजपाटीलाई भने। 

बिजपाटी डटकमले 'सेबोन अध्यक्षको दौडमा राष्ट्र बैंकका पूर्व क्याडरदेखि सेयर बजारका ठुला लगानीकर्तासम्म' शिर्षकमा समाचार लेख्नु अगाडी यसको पुष्टिका लागि पौडेललाई संदेश पठाएको थियो।  तर समयमा नै उनको प्रतिकृया नआएपछि स्रोतको कुरालाई बिश्वास मानेर अध्यक्षमा उनि आकांक्षी भएको लेखिएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved