'आलोचनाबाट उत्तेजित हुने होईन, यसलाई नै जित्नुपर्छ' डा. बुद्धि मल्लको लेख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 10:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

डा. बुद्धि मल्ल

२०५२ सालमा बनेको भुवन केसि, गौरी मल्लद्धारा अभिनित नेपाली चलचित्र कन्यादानमा एउटा गित छ : “दुनियालाई टाढा छोड, आफ्नै मनलाई सोध । पाप होईन पुण्य हो मांया । मन्दिर पनि मांया नै हो, मूर्ति पनि मांया नै हो ।”

बिधवा बिवाहको बिषयमा बनेको यस चलचित्रले त्यतिखेरको समाजको अन्धबिश्वास र कुप्रथालाई चुनौति दिंदै बिद्यवा बिवाहको पक्षमा सन्देश प्रवाह गरेको थियो र चलचित्र एकदमै सफल पनि भएको थियो । चलचित्रको यो गितले कुनै पनि काम अरुले राम्रो वा नराम्रो जे भनेतानि निर्णय भने आफ्नो मनले, आफैले गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । यदि कुनै काम हामीलाई राम्रो लागिरहेछ तर, अरुले के भन्छ भनेर निर्णय गर्न सकिरहेका छैनौ भने भविष्यमा हामी पछुताउनुपर्ने हुनसक्छ । 

यदि कुनै काम हामीलाई राम्रो लागिरहेछ तर, अरुले के भन्छ भनेर निर्णय गर्न सकिरहेका छैनौ भने भविष्यमा हामी  पछुताउनुपर्ने हुनसक्छ

संसारमा हाम्रो आफ्नो मनभन्दा राम्रो गुरु कोही हुनसक्दैन । त्यसैले कुनै कार्य गरुं या नगरुं भन्ने दोधार भईरहेको अवस्था छ भने एकदमै शान्त भएर आफूले आफैलाई प्रश्न गर्यौं भने जवाफ आईहाल्छ तर, यसको मतलब साथीभाई, ईष्टमित्रहरुसंग सल्लाह नलिने भनेको चांहि होईन । कतिपय अवस्थामा बिभिन्न ब्यक्तिहरुसंग सल्लाह लिंदा कसैले हुन्छ भन्ने सल्लाह दिन सक्छन् भने कसैले हुंदैन भन्ने सल्लाह दिन सक्छन् । यस्तो द्धिविद्याको अवस्थामा आफूलाई नै प्रश्न गर्ने र उक्त कार्य गर्नमा आफ्नो लगाव छ र गर्नुपर्छ भन्ने मनबाट सल्लाह आयो भने अगाडी बढ्पर्छ । हामीले आफूलाई अनिर्णयको बन्दि बनाउनु हुंदैन ।

हिन्दिमा एउटा प्रचलित भनाई छ : “सबसे बडा रोग, क्या कहेंगे लोग” । प्राय जसो मानिसहरु अरु मानिसहरुले के भन्लान भन्ने सोंचेर कुनै मन लागेको काम गर्छन् भने मन नलाग्दा नलाग्दा पनि कुनै काम गर्छन् । प्रायजसो नेपालीहरु आफ्नै देशमा मजदुरी गर्यो भनेर समाजले, ईष्टमित्रहरुको अगाडी नराम्रो हुन्छ भन्ने सोंच राखेर काम गर्दैैैैनन् भने भारत लगायत अन्य देशहरुमा भने पाएको जस्तो सुकै काम गर्न पनि तयार हुन्छ्न । कतिपय मानिसहरु भने आफ्ना अभिभावकहरुको ईच्छा अनुसारको क्षेत्र रोज्दा राम्रो संग काम गर्न सक्दैनन् किनभने उनिहरुको भौतिक शरिर उक्त क्षेत्रमा भएतापनि मन भने अर्कै क्षेत्रको लागि हुन्छ ।

अमिर खानद्धारा अभिनित २००९ मा रिलिज भएको बलिउड फिल्म थ्रि ईडियट्समा फिल्मका अर्का नायक आर माधवनलाई फोटोग्राफर बन्न सानैदेखि नै ईच्छा हुन्छ तर, आफ्नो पिताको ईच्छा अनुसार ईन्जिनियरिङ्ग पढिरहेको हुन्छ । आफ्नो पितालाई उसले आफ्नो ईच्छा भन्ने र सम्झाउने आंट गर्न सकिरहेको हुंदैन । एकदिन अमिर खानको सल्लाह र हौसला बमोजिम उसले पितालाई भन्ने आंट गर्छ । आर माधवनले आफ्नो ईच्छा भनेपछि  पिताले यत्रो खर्च गरेर ईन्जिनियरिङ्ग पढाएं, अब ईन्जिनियरको जागिर खान्छ भन्ने कत्रो आश गरेको थिएं, अरुले यो कुरा थाहा पाए के भन्ला भनेर रिस पोख्दा आर माधवनले सम्झाउंदै भन्छ : बुवा, मलाई अरुले के भन्छ भन्ला भन्ने पिर छैन, मलाई त तपांईले के भन्नुहुन्छ भन्ने कुरामा मात्र ध्यान छ । ईन्जिनियर भएर मैले केहि बढि पैसा कमाउंला तर, मैले खुशिसाथ काम गर्न सक्दिन र म एउटा खराब ईन्जिनियर बन्नेछु । म फोटोग्राफर भएं भने अलि कम पैसा कमाए पनि म खुशि रहन्छु भनेपछि उसको पिता पनि राजि हुन्छ ।

थ्रि ईटियस् फिल्ममा पनि चलचित्र कन्यादानको गित दुनियालाई टाढा छोड, आफ्नै मनलाई सोध भन्ने सन्देश दिन खोजेको छ । अमिर खानको सल्लाहपछि आर माधवनले आफ्नो पितालाई सम्झाउने कोशिस गर्यो र सफल पनि भयो । यसले हामीले आफ्नो ईच्छा, आकंक्षालाई दबाएर राख्नुहुंदैन, त्यसलाई सहि समयमा नै पोख्नुपर्छ । यदि मनको ईच्छा आकंक्षा दबाएर राखेर भविष्यमा पछुताउनु भन्दा बर्तमानमा नै उक्त कामको लागि आईपर्ने बाधासंग जुधेर भविष्यलाई सुन्दर बनाउने पहल गर्नुपर्छ । जतिसुकै राम्रो मानिएको पेशा भएतापनि आफूलाई मन नपर्ने पेशा रोजेर खराब पेशाकर्मी हुनुभन्दा समाजले अलि नराम्रो पेशा मानिएको तर, आफूलाई मन पर्ने पेशा भएका उक्त पेशा नै रोजेर राम्रो पेशाकर्मी हुनु उत्तम हुन्छ ।

जतिसुकै राम्रो मानिएको पेशा भएतापनि आफूलाई मन नपर्ने पेशा रोजेर खराब पेशाकर्मी हुनुभन्दा समाजले अलि नराम्रो पेशा मानिएको तर, आफूलाई मन पर्ने पेशा भएका उक्त पेशा नै रोजेर राम्रो पेशाकर्मी हुनु उत्तम हुन्छ

नेपालीमा एउटा भनाई छ : काग कराउंदै जान्छ, पिना सुक्दै जान्छ । यदि आफ्नो ईच्छा एउटा काममा छ र त्यस कार्यप्रति आफ्नो पूर्ण बिश्वास र लगन छ भने अरुको बिरोध, अवरोधको सामना गर्न पनि तयार हुर्नुुपर्छ । मानिसहरु बिरोध गर्दै रहन्छन् र आफूले काम गर्दै जानुपर्छ । यस्ता बिरोध, अवरोधबाट कत्ति पनि उत्तेजित हुनुहुंदैन किनभने यसरी उत्तेजित हुने मानिसहरु ति आलोचकहरुको कठपुतलि बन्न पुग्छन् र उनिहरुले चाहे अनुसारको काम मात्र गर्न थाल्छन् तर, बिरोधीहरुको सहि आवाज, सहि आलोचना सुन्दै नसुन्ने गल्ति भने कदापि गर्नुहुंदैन ।

पूर्व अमेरिकी मन्त्रि तथा बिश्व प्रख्यात पुस्तक दि पावर अफ पोजिटिभ थिंङ्किगका लेखक नर्मान भिन्सेट पिलले भनेका छन् : अधिकांश मानिसहरु आलोचनाबाट सुरक्षित हुनुभन्दा प्रशंसाबाट बर्बाद हुन चाहान्छन् । पिलको यस भनाईले मानिसहरु झुठो भएपनि आफ्नो प्रशंसा सुन्न मन पराउंछन तर, सत्य भएतापनि आलोचना सुन्न मन पराउंदैनन् जसले गर्दा प्रशंसाले उनिहरुलाई बर्बाद समेत गर्नसक्छ भने आलोचनाले बर्बाद हुनबाट बचाउन समेत सक्छ ।

बिरोध, अवरोधबाट कत्ति पनि उत्तेजित हुनुहुंदैन किनभने यसरी उत्तेजित हुने मानिसहरु ति आलोचकहरुको कठपुतलि बन्न पुग्छन् र उनिहरुले चाहे अनुसारको काम मात्र गर्न थाल्छन् तर, बिरोधीहरुको सहि आवाज, सहि आलोचना सुन्दै नसुन्ने गल्ति भने कदापि गर्नुहुंदैन

हेनरी फोर्डले कार बनाउने योजना बनाउंदा मानिसहरुले कारको भविष्य छैन भनेर सुझाव दिन्थे किनभने, त्यतिबेला घोंडा सजिलो सवारी साधन थियो । स्टिभ जब्सले पर्सनल कम्प्यूटर बनाउने कुरा गर्दा मानिसहरुले पर्सनल कम्प्यूटर ब्यक्तिहरुले नकिन्ने भएकोले सफल नहुने सुझाव दिएका थिए । अमिताभ बच्चनलाई उनको आवाज रेडियोको लागि उचित नभएको भनेर रेडियो जर्नालिष्टको काम दिन अस्विकार गरिएको थियो र उनको उंचाई धेरै भएकोले फिल्ममा काम पाउन पनि मुश्किल भएको थियो । रजनिकान्तलाई उनको कालो न कालो अनुहारको कारणले फिल्ममा हिरो हुन सक्दैन भने सुझाव दिइएको थियो र शुरुमा भिलेनको भूमिका निर्वाह गरेका थिए । यि सफल ब्यक्तिहरुले बिभिन्न बाद्या, अवरोध तथा आलोचनाहरु खेप्दा समेत खुरुखुरु आफ्नो दृढ बिश्वास र मेहनतका साथ लक्ष्य प्राप्तिको लागि लागिपरे र अन्तत सफल पनि भए ।

यदि मानिसले सफलता प्राप्त गर्न चाहाने हो भने परम्परागत काम र परम्परागत तरिकाले गर्नुभन्दा नयां काम, नयां तरिकाले गर्नुपर्छ र यस्ता कामहरु रोज्दा आलोचना आंउछ भनेर मानसिक रुपमा तयार हुनुपर्छ र एकदमै सोंचबिचार गरेर आलोचना थेगेर अगाडी बढ्दै जानुपर्छ, सच्याउनुपर्ने कुराहरु छन् भने सच्याउन समेत तयार हुनुपर्छ । अरुले के भन्छ भनेर सोंच्नुभन्दा आफ्नो मन के मा छ भनेर बिचार गरेर अगाडी बढ्नुपर्छ । आलोचनाबाट उत्तेजित हुने होईन, यसलाई नै जित्नुपर्छ ।


लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved