ब्याजदर वृद्धिमा व्यवसायीको दोहोरो चरित्र, नेता भन्छन्,'गरि खानेलाई राष्ट्र बैंकको नीति घातक भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 10:32:25 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले फागुन १ देखि लागू हुनेगरी ब्याज वृद्धि गरेको बिषयलाई लिएर फरक फरक अभिव्यक्तिहरु बाहिर आएका छन्। केहिले ब्याज वृद्धिको बिषयलाई लिएर दोहोरो चरित्र देखाएका छन् भने कहिले समयको मागको संज्ञा दिएका छन्। 

ब्याज बढाउने निर्णय फिर्ता लिन आग्रह गर्दै उद्योगी व्यवसायीहरुको छाता संगठनहरुले बिज्ञप्ती नै निकालेका छन्। तर यसरी बिज्ञप्ती निकाल्ने संघ संस्थाका पदाधिकारीहरु नै बैंकका अध्यक्ष तथा संचालक रहेको अवस्थामा यसरी बिज्ञप्ती तथा मिडियाबाजी गर्नुले उनीहरुको दोहोरो चरित्र देखिएको छ।

'आफैं अध्यक्ष तथा संचालक भएका बैंकहरुले ब्याज बढाएका छन्, अनि यिनै व्यक्तिहरु जिम्मेवार निकायमा भएका उद्योगि व्यवसायीहरुको छाता संगठनले ब्याज बढाउने निर्णय फिर्ता लिनलाई आग्रह गरेका छन्' एक व्यवसायीले भने, 'यसरी दोहोरो चरित्र देखाउँदा उद्योगी व्यवसायी नै अन्यौलमा परेका छन्, केहि ब्यक्तिको अहिलेको टिकाटिप्पणी पढ्दा बैंक र व्यवसायी अलग अलग हुनुपर्छ भन्ने कुरा ठिक लाग्न थालेको छ।' 

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिषद लगायतका संस्थाका वर्तमान जिम्मेवार व्यक्तिहरु कुनै न कुनै बैंक वित्तीय संस्थाका अध्यक्ष तथा संचालक रहेका छन्। तर यिनै व्यक्तिहरु नेतृत्व रहेको संस्थाबाट नै ब्याजदर वृद्धिको निर्णय फिर्ताको माग हुनुले उनीहरुको दोहोरो चरित्र देखाएको छ। 

यति मात्र नभई केहि बैंकमा संचालक रहेका व्यक्तिहरु खुले आम सामाजिक संजाल मार्फत ब्याज वृद्धिको निर्णय बिरुद्द लेखेका छन्। उनीहरुले आफुहरु बैंकको संचालक मात्रै नभई व्यवसायी पनि भएकाले ब्याज वृद्धिको निर्णयको बिरोध गरेको प्रतिकृया दिएका छन्। 

दिनेश श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ


नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ पनि व्यवसायीहरुले ब्याजदर वृद्धिको बिषयमा दोहोरो चरित्र देखाउँदा साना तथा मझौला व्यवसायीहरु बढी मारमा परेको बताउँछन्। 

उद्योगी तथा व्यवसायीहरुको छाता संगठनमा नेतृत्त्व गरिरहेका ठुला व्यवसायीहरु आफैं बैंकको मालिक भएकाले उनीहरुले सस्तो ब्याजमा सहजै कर्जा पाउने अवस्था भएकाले ब्याज वृद्धिको मारमा साना तथा मझौला व्यवसायीहरु परेको उनको भनाई छ। 

उनि भन्छन्,'तरलता बढ्छ भनेर राष्ट्र बैंकले निक्षेपमा ब्याजदर बढाउने नीति लिएको हो भने यसले तरलता कुनै हालतमा बढ्दैन, बरु यसले ब्याज महँगो हुन गई मुल्य वृद्धि गर्नलाई, साना व्यवसायीलाई बिस्थापित गर्नलाई र पैसा हुने ठुला व्यवसायीमा एकाधिकार स्थापना गर्नलाई मद्दत गर्दछ।' 

बैंकमा लगानी भएका ठुला व्यवसायीहरुले अहिलेपनि बेस रेटमा १ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर कर्जा पाईरहेपनि बैंकमा लगानी नभएका  साना तथा मझौला व्यवसायीहरुले धेरै प्रिमियम तिरिरहेको बताउदै श्रेष्ठले ब्याज वृद्धि सहि नभएको बताए। 

ब्याज वृद्धिले ठुला व्यवसायीहरुलाई कुनै असर नपर्ने तर साना मझौला व्यवसायीसंग कर्जामा ७ प्रतिशतसम्म प्रिमियम जोड्ने काम भएकाले नेपाल राष्ट्र बैंकको ब्याज बढाउने नीति गरि खानेहरुको लागि घातक सिद्द भएको उनले बताए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved