राष्ट्र बैंकले सुनेन लघुवित्तको पिडा, माग सम्बोधन नभए चैतदेखि लघुवित्तहरु समस्यामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 03:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकमाथि लघुवित्त वित्तीय संस्थाको पिडा नसुनेको आरोप लागेको छ। बैंकबाट १५ प्रतिशत ब्याजमा सापटी लिएर ग्राहकलाई १५ प्रतिशत ब्याजमै लगानी गर्नुपर्ने अवस्था सुरु भईसक्दा पनि राष्ट्र बैंकले आफुहरुको पिडा नसुनेको लघुवित्त वित्तीय संस्थाहरुको आरोप रहेको छ। 

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक भएको दिन अर्थात फागुन ५ गते राष्ट्र बैकका गभर्नर, डेपुटी गभर्नर र विभागीय प्रमुखलाई भेटेर अहिलेको समस्याबारे जानकारी गराउँदा समेत राष्ट्र बैंकले समाधानको पहल नगरेको लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारीहरुको भनाई छ। 

लघुवित्त वित्तीय संस्थाहरुको सीईओहरुको संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' ले  आफुहरुको अहिलेको समस्या र त्यसको समाधानको उपायबारे बिहिबार मात्रै राष्ट्र बैंकलाई जानकारी गराएका थिए। 

तर राष्ट्र बैंकका अधिकारीहरुले आश्वासन दिएपनि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा समाधानका कुनै पनि उपायहरु समावेश नभएकोप्रति  लघुवित्त बैंकर्स संघले असन्तुष्टि जनाएको छ। 

लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले बिहिबार आफु बीना राष्ट्र बैंक पुगेको संघको प्रतिनिधिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायबारे राष्ट्र बैकंलाई सुझाव दिएको तर सम्बोधन नभएको बिजपाटीलाई बताए। 

आफुहरुले लघुवित्तहरुलाई अहिले लगाइदै आएको ब्याजदर क्याप हटाउने , लघुवित्तलाई पनि आधार दर लागू गर्न पाउनुपर्ने वा बैंकहरुले १५ प्रतिशत भन्दा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने माग राष्ट्र बैंकसमक्ष पेश गरेपनि सम्बोधन नभएको शर्माले बताए।

बैंकबाट १५ प्रतिशत ब्याजमा सापटी लिएर ग्राहकलाई १५ प्रतिशत ब्याजमै लगानी गर्नुपर्ने अहिलेको अवस्थाबारे आफुहरुले राष्ट्र बैंकलाई जानकारी गराउदा पनि समाधानको पहल नहुँदा लघुवित्तको क्षेत्रमा चैतदेखि नै समस्या देखिने उनले बताए। 

लघुवित्त बैंकर संघका पुर्व अध्यक्ष बसन्त लम्सालले पनि राष्ट्र बैंकले लघुवित्तहरुको अहिलेको समस्या र पिडा नसुनेको आरोप लगाए। अवस्था यस्तै रहे अबको केहि महिनामा केहि लघुवित्तहरु घाटामा जाने अवस्था आउने उनले बताए। 

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले पहिला सस्तो ब्याजदरमा सापटी लिएर लगानी गरेकाले अहिलेनै लघुवित्तहरु घाटामा जाने अवस्था नआउने बताए। 

बैंकहरुले ब्याजदर बढाउंदै जाँदा अहिले कतिपय लघुवित्तहरुले १५ प्रतिशत ब्याजमा सापटी लिन बाध्य भएका छन्। १५ प्रतिशत ब्याजमा सापटी लिएपनि ग्राहकबाट १५ प्रतिशत ब्याज भन्दा बढी असुल गर्न नपाउने राष्ट्र बैंकको निर्देशन रहेको छ। 

जति प्रतिशतमा ल्यायो त्यति मै लगानी गर्नुपर्ने अवस्था रहिरह्यो भने लघुवित्तहरु संचालन खर्च समेत धान्न नसकी बन्द हुने अवस्थामा पुग्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष शर्माले बताए।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved